अवैध बोइलर कुखुरा सहित मोटरसाइकल पक्राउ

रविन्द्र बराल-फागुन १६ गते, पथरी ।अबैध रुपमा बिक्रीको लागी भारतबाट नेपाल ल्याउर्दै गरेको बोइलर कुखुरा सहित मोटर साइकल प्रहरीले पक्राउ गरेको छ ।

बुधबार इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका –४, स्थित कर्सिया चोकबाट पक्राउ गरेको हो । कुखुरा ल्याउन प्रयोग गरिने नम्बर प्लेट नभएको भारतीय मोटरसाइकल सहित पटक पटक गरी ६ लाख बराबरको कुखुरा पक्राउ गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय रंगेलीको इस्पेक्टर संञ्जिबबाबु खड्काले बताए ।

उक्त कुखुरा कर्सिया स्थित पाथीभरा फ्रेस हाउसले भारतबाट नेपाल ल्याएर अन्य व्यापारीहरुलाई बिक्रीवितरण गर्ने गरेको व्यवसायीहरु बताउँछन् । प्रहरीले पक्राउ गरेको उक्त बोइलर कुखुरा बुधबार पशु क्वारेन्टाइन प्रहरी, स्थानीय, बुद्धिजीवी, पत्रकारहरुको रोहवरमा कुखुरा नष्ट गरिएको छ ।

भारतमा उक्त कुखुराको मूल्र्य भारतीय रुपैयाँ प्रतिकेजी ७० रुपैयाँ पर्ने गरेको र नेपालमा प्रतिकेजी २ सय रुपैयाँमा स्थानीयहरुलाई बेच्ने गरेको स्थानीयहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *