पथरीशनिश्चरेका मेयरबाट धुम्रपान त्याग, धुम्रपान गर्ने व्यक्तिलाई नगरमा प्रवेश निषेध

फागुन १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका मेयर दीलिपकुमार राईले स्वास्थ्य सेवा दिवशको अवसरमा धुमपान त्याग गरेका छन् । मंगलबार स्वास्थ सेवा दिवशको छैटौं कार्यक्रमको उद्घाटन् गर्दै सो कुरा बताएको हो ।

नगरपालिका कार्यालयको स्वास्थ्य शाखाले सो नगरका लागि पहिलो पटक मनाएको दिवशका सन्दर्भमा नगर प्रमुख राईले ब्यानरमा लेखिएका ५ वटा प्रतिवद्धतामा आफु पनि प्रतिवद्ध भएको जनाए ।

म धुमपान, मध्यपान गर्दिन, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खानेकुरा खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र नगरवासीको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने कुरा पढेर सवैलाई सँगसँगै प्रतिवद्धता जाहेर गराएका थिए ।

कार्यक्रममा, ७ नम्वर अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक कपिलमणि ढकालले पनि आफुले खाँदै आएको गुट्का नखाने प्रतिवद्धता व्यक्त गरे ।

सो नगरपालिकामा पहिलो पटक मनाइएको स्वास्थ्य सेवा दिवशका विशेष अतिथि उपप्रमुख यमुना विष्टले सरकारी स्वास्थ्य केन्द्रलाई विपन्नको तहसम्म पुर्याउन तथा प्रसुती तथा सर्पदंश सेवा समेत सञ्चालन गर्न आजको आवश्यकता रहेकाले बताए । उहाँले स्वास्थ्य सेवा दिवशको झैं अरु खाले कार्यक्रमलाई पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सभाध्यक्षका रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले तात्कालिन कार्यक्रमका रुपमा पथरीशनिश्चरे नगर हाताभित्र धुमपान गर्ने व्यक्तिहरुलाई प्रवेश निषेध गर्ने अभियान सञ्चालन गरिने वताए । सूर्तिजन्य वस्तुको नियन्त्रण र नियमन ऐन ०६८ लाई कार्यान्वयन गर्न सवै पक्षले साथ दिनुपर्ने जनाउँदै त्यसको उलंघन गर्नेलाई जरिवाना गर्दै कार्यालय प्रवेशमा रोक लगाउन सक्ने अधिकार स्थानीय तहको प्रमुखलाई रहेको कुरा प्रष्ट्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *