मृगौला पीडित दिलुमायालाई हंङ्कङबाट ५ लाख सहयोग

फागुनल ११ गते, कानेपोखरी । मोरङ कानेपोखरी –४, की ३१ बर्षिय दिलुमाया गुरुङको थप उपचारको लागी हङ्कंङ साढे चारलाख आर्थिक सहगोय गरेको छ । मोरङको कानेपोखरी लगाएत विभिन्न स्थानबाट हङ्कंकमा गएर बसोबास गर्दै आएका नेपालीहरुले सो बराबरको रकम सहयोग गरेको हो ।

रकमलाई कानेपोखी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले पीडित परिवारका सदस्य डिल्ली गुरुङलाई घरमै गएर सहयोग हस्तान्तरण गरेको थिए । दिलुमायाको दुबै मृगौला फेल भएर काठ्माडौँको राष्ट्रिय किट्नी केन्द्रमा ६ महिना अघि देखि उपचार गरिरहेको छ ।

पछिल्लो समयमा पीडित दिलुमाया गुरुङ बचाउन कानेपोखरी ७ का युवा संञ्जीव गुरुङको पहलमा हङकंङबाट रकम संकलन भएको छ । प्रदेश नम्बर १ तमुसमाज हङकंङको कोषाअध्यक्ष बिष्णु गुरुङको पहलमा १ लाख ७५ हजार ९ सय ६९ रुपैया सहयोग गरेका छन् ।

त्यसैगरी कानेपोखरी गाउँपालिका–समाज हङकंङका संयोजक देव नन्द गुरुङको पहलमा १ लाख ६१ हजार ३ सय ६३ रुपैया सहयोग गरेका छन् । त्यसैगरी हाल हङ्कंङमा रहेका देव नन्द गुरुङ कानेपोखरी–७, अरुण राई सुन्दर हरैचा मोरङ र काठ्माडौँका जीवन गुरुङले हङकंङमा ‘दिलमाया गुरुङ बचाऊ अभियान’ अन्तरगत अभियान चलाएर जनवरी १४ मा ‘मिस्टर झोले’ नेपाली फिल्म प्रर्दशन गरी संकलन गरेको १ लाख रुपैया पीडित दिलुमायालाई सयोग गरेका छन् । त्यसैगरी तमुस्यो आमा समूह साविक बयरवन गाविसले १० हजार गरी जम्मा ४ लाख ४७ हजार,३ सय ३२ रुपैया सहयोग गरेको हो ।

गाउँमा दिलुमायालाई उपचारमा समास्या भएपछि आर्थिक संकलनको लागी समिति नै बनाएर आर्थिक संकलन अभियान सुरु गरेको थियो । वडा नम्बर ४ का वडा सदस्य रोषन(महेन्द्र) लामिछाने गुरुङको संयोजकमा २२ सदस्य आर्थिक समिति निमार्ण गरी आर्थिक संकलन सुरु गरेको थियो ।

समितिले गाउँमा रहेको श्रीमातृभूमि समाज सेवा क्लबको सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रचारप्रसार गर्दै आएका थिए । प्रचार प्रसारमार्फत कानेपोखरी गाउँपालिका तथा अन्य स्थानबाट बैदेशीक रोजगारको लागी विदेश गएकाहरुबाट आर्थिक सहयोग गर्दै आएका छन् । अहिले सम्म स्वदेश र विदेश गरी साढे सात लाख संकलन भैसकेको समितिका सचिव उदिप लिम्बूले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष काफ्लेले हङ्कंङमा रहेर आर्थिक सहयोग गर्ने नेपालीहरुलाई बधाई दिर्दै गाउँपालिकाबाट पनि सहयोग गर्ने बताएका छन् । दिलुमायाको दुबै मृगौला फेल भएर काठ्माडौँको राष्ट्रिय किट्नी केन्द्रमा ६ महिना अघिबाट पति सुरेश गुरुङले उपचार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *