सेना दिवसको अवसरमा रक्तदान तथा सरसफाई कार्यक्रम

रविन्द्र बराल, फागुन १ गते, रंगेली । मोरङको कटहरी गाउँपालिका –६ स्थित सुर्यदल गणले सेना दिवशको अवसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सपन्न गरेको छ ।

सोमबार नेपाल रेडक्रस सोसाइटि मोरङको प्राविधिक सहयोगमा सुर्य दलगणका गणपति प्रमुख सेनानी इन्दिवर विष्ट सहित १५जना सेनाले रगतदान गरेका थिए ।

कार्यक्रममा सेनाले मोरङ जिल्ला भित्र रहेका विरगति प्राप्ती सैनिकहरुका परिवार तथा घाईते, एकल महिलाहरुको सहभागीतामा गणको प्राङ्गणमा सांस्कृति कार्यक्रम समेत गरिएको गणका सहसेनानी राजु थापाले बताए ।

त्यसैगरी जहदा गाउँपालिका १३ स्थित पूर्वाअञ्चल बालसेवा आश्रममा रहेको बालबालिका तथा वृद्धवृद्धाहरुको संमन्वयमा नेपाली सेनेले सरसफाइ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *