प्रदेशको नाम किरात लिम्बुवान राख्न आग्रह

फिपराज बेघा
३० गते, पौष, पथरी । प्रदेश नम्बर १ को नामकरणको लागि किरात लिम्बुवान राख्न छलफल सुरु गर्नुपर्ने बक्ताहरुले बताएका छन ।

आइतबार लिम्बू बिध्यार्थी मन्च मोरङले आयोजित यले तङ्बे ५०७८(नयाँ वर्ष) तथा कक्फेक्वा तङ्नाम(माघे सक्रान्ति)को शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन ।

लिम्बू समुदायलाई बिखण्डनकारी भनेर सर्बोच्च अदालतमा मुद्दा परेको र विश्वबिध्यालयको कोर्षमा लिम्बू समुदायलाई सिक्किमवाट आएको भन्ने उल्लेख भएकोमा बक्ताहरुले कडा शव्दमा आलोचना गरेका थिए ।

यले सम्बत यले सम्बत किरात बंशको पहिलो संम्राट यलम्बरको सम्झनामा स्थापित सम्बत हो । किरातीहरुले प्रत्येक बर्षको माघ १ गते नयाँ बर्ष मनाउदै आएका छ्न ।

पथरीशनिश्चरे नगरको सिरिजङ्गा स्मृति धार्मिक बनमा भएको लिम्बू विद्यार्थी मञ्च केन्द्रीय अध्यक्ष फिपराज बेघा, उपाध्यक्ष धनेन्द्र जवेगु, सचिव योबाहाङ तुम्बाहाङ्फे, पूर्व महासचिव लोकसागर साम्बाले सम्बोधन गरेका थिए ।

त्यसैगरी किरात राई विद्यार्थी संघका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष केशरमान राई, किरात याक्युङ चुम्लुङका जिल्ला अध्यक्ष विवेक योङहाङ, नगर अध्यक्ष धनप्रसाद साँवा, बनका अध्यक्ष गंगा सावा, नेपाल आदिवासी जनजाति पत्रकार संघका जिल्ला कोषाध्यक्ष नारायणभक्त राईलगायतले सम्बोधन गरेका थिए ।

याक्थुङ समुदायले नया बर्ष किरात यले तङ्बे तथा कक्फेक्वा तङ्नामलाई तरुल, रोटीलगायत मिष्ठान्न परिकार खादै शुभकामना साटासाट गरेर मनाउदै आएको जिल्ला अध्यक्ष इन्द्र चोङबाङ बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *