बाम तालमेल तथा पार्टी एकताबारे प्रवाशी नेपालीहरूको मिश्रित प्रतिक्रिया

नेकपा एमाले र माओबाबादी केन्द्रका साथै नयाँ शक्ती नेपाल बिच भएको एकताको सहमती बारे प्रबासमा रहेका भातृ संगठनका नेता तथा कार्यकर्ताहरुले मिश्रित प्रतिकृया जनाएका छन् ।
 कार्यकर्ता स्तरमा कुनै जानकारी र छलफल नै नगरिकन नेत्रित्वले सहमती गरेको भन्दै एकता र सहमतीको पक्ष र बिपक्षमा उनिहरुले मिश्रित प्रतिकृया जनाएका हुन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै घोषणा पत्र बनाएर निर्वाचनमा तालमेल गर्ने र निर्वाचन पछी पार्टी नै एकता गर्ने घोषणा पछी युएईमा रहेका ती सम्बद्द दलका नेता तथा कार्यकर्ताहरु थप तरङगित बनेका छन् । सँगसङै उनिहरुमा अन्यौलता समेत छाएको छ ।
सामाजिक सँजालमा एक आपसमा आरोप प्रत्यारोपमा समेत ओर्लिने गरेका ती नेता कार्यकर्ताहरु नेपालमा भएको निर्वाचन तालमेल र पार्टी एकताको बहसले तीनछक परेका छन् । एक्कासी आएको हावाको बेग झै लाग्ने अघिल्लो दिनको एकताको हल्ला र भोलिपल्ट भएको सहमती पत्रले उनिहरुलाई झनै उकुस मुकुस बनाईदिएको उनिहरुले सामाजिक सँजालमा ब्यक्त गरेको प्रतिकृयाबाट बुझ्न सकिन्छ ।
एमाले निकट नेपाली प्रबासी मंचका अध्यक्ष श्याम कंडेलले अहिलेको एकता चुनाबी तालमेलको लागि मात्र भएको ठोकुवा गरेका छन् । उनले भनेका छन्, ‘यो एकता चुनाबी एकता मात्र हो, पार्टी एकता असम्भब छ ।’ त्यसैगरी एमाले निकट प्रबासीकै महासचिब भेषराज ढकालले भने माओवादी केन्द्रका नेताहरुलाई जङली र भारतीय दलालको उपमा दिदै आफुले कुनै पनि हालतमा माओवादी केन्द्रका नेताहरुलाई भोट् हाल्न नसक्ने बताएका छन् । सामान्य राजनैतीक अवस्थामा पनि माओवादीलाई गाली गरिरहने उनी सधैं झै उनी अन्य कार्यकर्ता भन्दा बढी आक्रोशित देखिएका छन् । प्रबासी मंचका निबर्तमान अध्यक्ष प्रकाश कोइरालाले पनि एकता प्रयास प्रती असहमती जनाएका छन् । प्रबासीकै अन्य सामान्य कार्यकर्ताहरुले भने निर्णयको स्वागत गरेका छन् । उनिहरुले बृहत बाम एकताले देश सम्रिद्दी हुने अपेक्षा समेत गरेका छन् ।
माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मंचका कार्यबाहक अध्यक्ष बाबुराम विश्वकर्माले भने पार्टीको निर्णय भएकोले यो बिषयमा टिका टिप्पणी नगरिने जनाएका छन् । प्रबासमा हामी निरन्तर सहकार्यमा छौ र समय अनुसार सबै कुरामा छलफल हुने छ, उनले भने । माओवादी केन्द्र निकट मंचका प्रबक्ता अनिश तामाङले निर्णयको स्वागत गरेका छन् । उनले अझै केही बर्ष प्रचण्डलाई साथ दिने घोषणा समेत गरेका छन् । माओवादी केन्द्रका हरी नेपाली, लक्षमण लामिछाने र रभी रमण अधिकारी लगायतले भने एकताले पार्टी कार्यकर्ताहरुमा निराशा छाएको र गलत भएको धारणा ब्यक्त गरेका छन् । एकिक्रित भएका पार्टीहरुले माओवादी केन्द्रले गरेका सबै कार्यहरुको सामित्व लिने गरी एकता गर्नु पर्ने उनिहरुको भनाइ रहेको छ । एकता प्रकृयामा एमालेको ईमान्दारिता प्रती उनिहरुले प्रश्न चिन्ह उठाएका छन् । मंचका निबर्तमान अध्यक्ष हेमन्त पौड्यालले राष्ट्रको सम्रिद्दीको निम्ती एकै कम्युनिस्ट केन्द्र आवश्यक रहेको भन्दै प्रचण्डलाई धन्यबाद दिएका छन् ।
नयाँ शक्ती नेपालका बाबुराम भट्टराई समेत एकता प्रकृयामा सामेल भए पछी नयाँ शक्तीका प्रबास संगठनमा सन्नाटा छाएको छ । नयाँ शक्तीका मुन्ना साम्सुल हकले भने उक्त निर्णयको स्वागत गरेका छन् । नयाँ शक्ती निकट अन्तरास्ट्रिय नेपाली समाज युएईका सम्योजक उत्तम अधिकारीले अहिले सम्म कुनै प्रतिकृया जनाएका छैनन भने युएईमै रहेका नयाँ शक्ती केन्द्रिय प्ररिषद सदस्य सिपी सापकोटा पनि यो बारेमा मौन रहेका छन् । नयाँ शक्ती निकट अन्य नेता कार्यकर्ताहरुले पनि कुनै प्रतिकृया जनाएका छैनन् ।
पार्टी एकता भए पछी बन्ने नयाँ पार्टीको अध्यक्ष प्रचण्ड बन्ने हल्लाले माओवादी केन्द्रका केही कार्यकर्ताहरु उत्साहित बनेको र एमालेका कार्यकर्ताहरु दुखी भएको अनुमान गरिएको छ । सामाजिक सँजालमा बाबबिबाद र कटु आलोचनामा उत्रने यी तीन पार्टीका कार्यकर्ताहरुको एकता कसरी हुने हो प्रबासका आम नेपालीहरुले उत्सुकताका साथ हेरिरहेका छन् ।

(लेखक मेघराज सापकोटा पत्रकार महासंघ यूएई साखा सचिब हुन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *