मध्यपूर्वको  एनआरएनलाई  श्रमिक मैत्री बनाउछु – गोपाल कंडेल 

 एनआरएनको मध्य पुर्व उपसंयोजक पदमा उमेरद्वारी घोसणा

एनआरएनए पुनःनिर्माणको सच्चा साझेदार, “मध्यपूर्वको चाहना श्रमिक मैत्री एनआरएनको परिकल्पना” स्लोगनका साथ युएईका युवा गोपाल कंडेलले एनआरएनको मध्य पुर्व उपसंयोजक पदमा उमेरद्वारी घोसणा गरेका छन ।
गैह्र आवासिय नेपाली संघ एनआरएन आइसीसीको आसन्न महाधिवेशनमाको लागि बिभिन्न पदमा उमेरद्वारी घोसणा गर्ने लहर संगै कंडेलको पनि मध्य पुर्व उपसंयोजक पदमा उमेरद्वारी घोसणा गरेका हुन ।
डेढ दशकदेखि युएईमा एनआरएन लगाएत सामाजिक क्षेत्रमा कार्यरत कँडेल एनआरएन युएईको २०११ – २०१३ कार्यकालमा सचीव, एनआरएन युएईको २०१३ – २०१५ मा महासचिव हुँदै युएई बाट २०१५ – २०१७ मा आईसीसी सदस्यको जिम्मेवारी सम्हालीसकेका छन ।
“बैदेशिक रोजगारीमा आएका सबै मजदुर नै भएकाले एनआरएनलाई प्रवासी मजदुर मुखी र तिनको हक, अधिकारको सुरक्षा गर्दै, मजदुर मैत्री एनआरएन बनाउन पहल गर्नेछु ।” भन्दै उमेरद्वारी घोसणा सभामा कंडेलले आँफु निर्वाचित भएमा प्रवासी नेपाली श्रमिकको हितमा योजनाबद्व रुपमा प्रभावकारी काम गर्ने बताएका छन । कँडेलले मध्यपुर्वका देशहरुमा नेपालीबाट नेपाली माथि नै हुने दलाल प्रवृतीलाई निरुत्साहीत गर्ने पहिलो प्राथमीकता भएको बताएका छन्।

मध्यपुर्वका नेपालीहरुका लागी ‘हजारे अभियान’ सुरक्षित भविष्यको सम्भाबना भएको हुदाँ यस महान अभियानको तर्जुमाका लागि पहलगर्दै कार्यन्वयन पक्षलाई छरितो बनाउनको लागि नेपाल सरकार र एनआएरन भित्रै दबाब सिर्जना गर्ने उनले बताए ।१० बुदे प्रतिबद्धता सार्बजनिक गरेका कंडेलले आफ्नु एनआरएनको अभियानमा खेलेको भूमिकालाई एनआरएनकर्मीले थप भूमिका दिने बिस्वाश जनाउदै मध्य पुर्ब संयोजक निर्वाचित हुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *