युएईका सेलिब्रेटीहरुको दशै

नेपालीहरुको महानपर्ब बिजया  दशमी सबै नेपालीहरुको घर दैलोमा प्रवेश गरि सकेको छ । बर्षभरिका दुख र कस्टहरुलाई भुल्दै आपसी भाइचार बढाउदै मानिने यो पर्बले देश तथा विदेशमा रहेका नेपालीहरुको मनमा हर्षो उल्लास पैदा गरिसकेको  छ । दशै सबैको लागि समान भए पनि यसलाई मनाउन समय,स्थान र शैली भने फरक हुन्छ । अझ नेपाल देखि बाहिर रहेका नेपालीहरुको लागि भने दशैँ निकै महत्वपूर्ण रहेता पनि दशैको लागी भनेर कुनै सार्बजनिक छुट्टी नपाउनु एउटा आफैमा दुखको कुरा पनि हो । युएईमा रहेका नेपालीहरु बिशेष गरि युएईका सेलेब्रेटीले यस बर्षको दशैँ पर्बलाई कसरी मनाउन लागी रहेका छन् ,हाम्रा सहकर्मी रमेश खड्का काशीले तयार पर्नु भएको एक रिपोर्ट :-

 आशिष पुरुष(मोडल /सर्जक)-

म अहिले एउटा सामान्य प्रोजेक्टको लागी दिल्ली  आएको छु ,यसपालीको दशैँ आफ्नो देशमा मनाउन नपाए पनि भारतीय कलाकारहरुसंग भेटघाट र घुमफिरमै मनाउने योजनामा छु ।

 

सेन्डी भण्डारी (मोडल)

 

म यस बर्ष नेपाल जान नपाए पनि यसपालीको दशैँ आफ्नै निवासमा मनाउने योजना रहेको छ . बिशेष त्यस्तो खास कार्यक्रम नभए पनि हरेक बर्ष झैँ आफन्त तथा साथीहरु जम्मा भइ टिका,जमरा लगाउने अनि आफनै घरमा काटेको खसीको मासु खाने रमाउने योजना रहेको छ ।

पारस लामा (गायक )

हरेक बर्षहरु झैँ यो बर्षको दशैँ पनि प्रदेशमै मनाउने तयारी रहेको छ .अझ सबैको छुट्टी शुक्रबार नै पर्ने भएको हुदा भोलि शुक्रबारको दिन हाम्रो आफ्नै झापाली समाज युएईको आयोजनामा हुन् गैरहेको सामुहिक टिका कार्यक्रममा सहभागी भएर दशैँ मनाउने तयारी रहेको छ ।

सारिका सुनार (मोडल )

परदेशमा छौ ,जस्तो भए पनि आफ्नो गाउ ,ठाउमा परिवार सगै मनाए जस्तो त हुदैना दशैँ तर पनि दशैँ बिशेषमा हुन् गैरहेका कार्यक्रमहरुमा सहभागी भै नाच्दै गाउदै ,रमाउदै दशैँ मनाउने योजना रहेको छ  ।

कुसल बुच (मोडल)

परदेशमा आफन्त,परिवार बिनाको चाड होस् वा दशै खल्लो नै हुने रहेछ तर पनि जीवनमा हास्नु र खुसि हुनको लागी आत्मबलको टिका र सन्तुस्टीको जमरा लगाएर सबै संग हासी रमाउने योजना रहेको छ ।

रबिन कठ्यात(मोडल)

विदेशमा चाडपर्ब आउदा धेरै नै आफन्त तथा  परिवारको याद आउदो रहेछ तर पनि यसपालीको दशैमा हामी नेपालमै दशैँ मनाए जस्तो गरेर मनाउने तयारी गर्दैछौ । साथीभाइ जम्मा भइ शुभ-कामना साटासाट गर्ने,टिका लगाउने  अनि रमाइलो गरि मनाउने योजना रहेको छ ।

अनु लुइँटेल

पोहोर साल बुबा बित्नु भएको कारण दशैँ मनाउन पाएको थिइन ,विदेशमा नेपाल जस्तो त पक्कै हुन्न दशैँ तर पनि यसपालीको दशैमा मन्दिर जाने, पुजा गर्ने ,अनि टिकाको दिन पारिवारिक बाताबरणमा टिका ,जमरा लगाई मनाउने योजना रहेको छ ।

रोहित बिक्रम कार्की (निर्देशक /क्यामरामेन)

परिवारलाई धेरै मिस गरेको छु ,दशैँ सबै नेपालीहरुको चाड हो सबैले मिलेर मनाउनु पर्छ ,यसपालीको दशैँ खासै योजना छैन ,त्यही हो साथीभाइ मिलेर रमाइलो गर्ने टिका लगाउने  योजना रहेको छ ।

दुर्गा छेत्री (मोडल)

९ बर्ष भएछ बुबा आमाको हातको टिका नलगाएको धेरै नि मिस गरेको छु परिवारलाई । यसपालीको दशैँ पनि बिगतका बर्षहरु झैँ विदेश मै मनाउने योजना रहेको छ । दशैँ तिहारको अवसर पारेर एउटा गित बजारमा ल्याएको छु त्यसको प्रोमोसन सगै दशैँ मनाउने योजना रहेको छ ।

                                                                                       एम डी बोहोरा

 

प्रदेशको दशै नेपाल जस्तो त् अलिक हुन् तर पनि परिवार साथै भएको हुदा ,टिकाको दिन मन्दिर जाने, पुजा गर्ने अनि दिउसो टिका लगाउने योजना रहेको छ बाकि दिनहरु अन्य दिनहरु जस्तै सामान्य नै रहन्छन ।

गोपी कृस्ण पंगेनी 

परदेशीको दशै, आफ्नो गाउ ठाउँ जस्तो त हुन् तर पनि परदेश भासिएको निकै समय भएछ ,त्यही भएर यहाकै रहन सहनमा रमाउने बानि परियो , गाउने ,नचाउने अनि टिकाको दिन मान्यवर ,आफु भन्दा ठुला बडाको हातबाट टिका लगाएर मनाउने योजना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *