प्रवासबाट दशै सम्झिदै रोहित विक्रम

यूएईबाट निर्माण भएका नयाँ नयाँ नेपाली म्युजिक भिडियो हरु हरेक हप्ता सार्वजनिक हुने गरेका छन् ।लोक ,आधुनिक पप गीतका भिडियो हरु मात्र हैन नेपालीका चाड पर्वमा केन्द्रित गीतका भिडियो हरु समेत तयार हुन थालेका छन् । यूएईबाट अहिले परदेशीको पीडा बोकेको दशैं तिहार गीतको भिडियो समेत रीलिज भएको छ । शब्द , सङ्गीत र स्वर गोविन्द मधुर आचार्य को रहेको दशैँ तिहार बोलको गीतको भिडियो यू ट्युब बाट सार्वजनिक भएको छ । भिडियोमा प्रदेश मा रहेर पनि आफ्नो अभिनय यात्रालाई लामो समय देखि निरन्तरता दिएका चर्चीत मोडल कुशल बुचा र Mrs. Queen Nepal 2017 की फस्ट रनर अप समेत रहेकी मोडल स्याण्डी भण्डारी को सशक्त अभिनय देख्न सकिन्छ ।भिडियोमा अतिथि कलाकार का रुपमा एमडी बोहोरा , लक्ष्मण देवाली ,टंक थापा , सुनिता थापा ,बिना फुयाल ,अन्शुमन बोहोरा ,प्रिसियस थापा र मन्जु थापा लाई देख्न सकिन्छ ।भिडियोलाई उद्दिपधोज थापा ले सम्पादन गरेका हुन् भने क्यामेरा तथा निर्देशन रोहित विक्रम कार्की को रहेको छ ।निर्देशक कार्कीले यस अघिनै थुप्रै उत्कृष्ट भिडियो हरुको निर्देशन गरिसकेका छन् । श्रीकृष्ण भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *