निर्वाचन समितिको अवैधानिक कदम -नेपाली समाज युएई

नेपाली समाज, यूएई: साझा संस्थामा रुपान्तरण नेपालको अस्थिर राजनीतिक अवस्था र चरम बेरोजगारको कारण युएईमा नेपालीहरुको बढ्दो आगमन थियो भने अर्कोतिर तत्कालिन नेपाली समाजमा नेतृत्वको लागि विभिन्न समुहमा खिचातानीका कारण सन २००५ ताका जनसेवासँग सरोकार राख्न विभिन्न सामुदायिक सामाजिक, साहित्यिक र धार्मिक संस्थाहरुको जन्म भयो | सन १९९० को खाडी युद्धका समयमा उत्पन्न भएको अस्थिरताका कारण कुवेत तथा इराकबाट नेपाली कामदारहरु विस्थापित भइरहेको अवस्थामा युएईमा कार्यरत नेपालीहरुमा आई पर्नसक्ने कुनैपनि समस्यालाई संस्थागतरुपले सकेसम्म न्यूनीकरण गर्ने उद्देश्यका साथ जनवरी १५, १९९१ मा स्थापित सामाजिक संस्था हो, नेपाली समाज, यूएई | आपसी खिचातानीले प्रभावकारी भूमिका खेल्न नसकी रहेको अवस्थामा विभिन्न संस्थाहरुको स्थापना संगै, यूएईमा स्थापित विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरी चुस्तदुरुस्त ढंगले सेवाग्राहीलाई सेवा सुविधाहरु पुर्याउने उद्देश्यले स्वतन्त्र एवं पंजीकृत सबै संघसंस्थाबाट समावेशी र समानुपातिक आधारमा मनोनित प्रतिनिधिहरु रहने गरी यूएइवासी सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रुपमा, नेपाल आदिवासी जनजाती महासंघ, यूएई तथा विभिन्न क्षेत्रिय, जिल्ला संस्थाहरुको संयुक्त पहलमा यूएईकै सबैभन्दा जेठो संस्था, नेपाली समाज, यूएईका तत्कालीन अध्यक्ष रामेश्वर शाहको पालामा साझा संस्थाको रुपमा सन २००७ मा रुपान्तरण गरिएको हो | असफल अधिवेशन पश्चात राष्ट्रिय परिषद भेला बोलाई ताजा म्यान्डेट लिने नेपाली समाज, यूएईको बार्षिक/परिषद भेला मिति अप्रिल २८, २०१७ को आयोजना गरी उक्त परिषद भेलाद्वारा नयाँ कार्यसमिति गथानार्थ सोहि दिन निर्वाचन समिति गठन गरिएको थियो | तदनुसार निर्वाचन समितिले जुलाई ७ तारिक नेपाली समाज, यूएईको अधिवेशन आव्हान गरेको तर प्रविधिक कमीकमजोरीका कारण, दुर्भाग्यवस निर्वाचन प्रक्रियानै सुरु हुन सकेन | निर्वाचन समितिले तोकिएको अवधिभित्र निर्वाचन गराउन नसकि, विधानले दिएको ३ महिनाको म्याद अवधि गुजारेको छ अर्थात् जुलाई २८ तारिक निर्वाचन समितिको मिति सकिएको छ | अहिले निर्वाचन समिति, मिति सकिएको औषधि बराबर भएको छ, विधान सम्मत छैन | विधान सम्मत नभएको निवाचन समितिले, विधान त नयाँ समिति चयन गर्न सक्दैन, गरी हाले पनि अवैधानिक हुनेछ | नेपाली समाज, यूएईको विधानको परिच्छेद ६ धारा १७ को उपधारा २ मुताविक, निर्वाचन समितिले गठन भएको ३ महिना भित्र निर्वाचन गराई सक्नु पर्ने भन्ने छ | तोकिएको अवधिभित्र निर्वाचन गराउन नसकेकोले जुलाई २८ बाट निर्वाचन समिति असक्षम साबित भई, स्वत खारेज भईसकेको छ |

निर्वाचन समितिको अवैधानिक कदम 

जुलाई ७, २०१७ मा अधिवेशन विफल भए पश्चात, निर्वाचन समितिले नेपाली समाज, यूएईको कार्याकारी अधिकार निर्वाचन समितिले लिएको घोसणा गरेको थियो | त्यो अधिकार विधानको कुन परिच्छेद, दफा वा उपदफा/ धारा उपधारामा उल्लेख गरिएको छ | निर्वाचन समबन्धि व्यवस्थामा विधानको परिच्छेद ६, धारा १६: ५ को उपयोग निर्वाचन समितिले निर्वाचन सम्बन्धि काम कार्यवाहीको लागि मात्र सदुपयोग गर्न पाउछ तर समितिकै कार्यकारी अधिकार, लिने त्यो धाराले दिएको छैन, लिनु कदम अवैधानिक हो | मौजुदा कार्यसमिति समिति काम चलाउ नेपाली समाज, यूएईको विधानको परिच्छेद ६ धारा १७ को उपधारा ३ मुताविक, “नयाँ नेतृत्व चयन नहुँदासम्म पुरानो कार्यकारीणीले सम्पूर्ण कार्य सम्हाल्नेछ |”. निर्वाचन समितिले जुलाई ७, २०१७ मा कार्यकारी अधिकार लिएको घोसणा अवैधानिक भएको हुदा, नेपाली समाज यूएईको विधान अनुसार, मौजुदा कार्यसमितिनै बहालमा रहेको व्योहोरा जानकारी गराउदै, नयाँ कार्यसमितिको चयन गर्न, कार्यसमितिले ५१% परिषद सदस्यहरुको पार्षद भेलाको आयोनजना गरी, ताजा म्यान्डेट लिनु मात्रै विकल्प छ | पार्षद भेलाको आयोजना तथा यसको काम नेपाली समाज, यूएईका सम्पूर्ण ( यूएईमा भएका, यूएईबाट अन्य मुलुक गई सकेका आजीवन सदस्यहरु बाहेक) पार्षद सदस्यहरुको ५१% भेलाबाट निम्नलिखित निर्णय लिन सकिन्छ |

१ .म्याद गुजारेको निर्वाचन समितिबारे छलफल गरी, नयाँ निर्वाचन समिति गठन गर्ने वा म्याद गुज्रिएको निर्वाचन समितिमा हेरफेर गरी परिमार्जित समितिलाई अरु अवधि, म्याद थपी निर्वाचन प्रकृया अगाडी बढाउन निर्देशन दिने |

२ .अघिल्ला आचारसंहिताका विवादित बुदाहरुमा छलफल गरी, उपयुक्त सुझावहरु परिमार्जनको दिई परिमार्जित आचारसंहिता बमोजिम निर्वाचन गराउन निर्देशन दिने |

३ .जुलाई ७ अधिवेशनका लागि उम्मेदवारहरुको उम्मेदवारी सम्बन्धमा छलफल गरी, निर्णय लिनका साथै नयाँ उम्मेदवारीको बाटो खोल्ने निर्णय गर्ने |

४ . सेप्टेम्बर २२ तारिकनै निर्वाचन गराउन असम्भव भएकोले अधिवेशनको लागि नयाँ मिति तोक्ने |

संसोधन गर्न आवश्यक सुझाब

१ . पार्षद सदस्य तथा सदस्य तथा आजीवन सदस्यहरुको नामावली अध्यावाधिक गरी आजीवन सदस्यहरुको नामवली हेर्दा, यसलाई अझ परिमार्जन गरिन आवश्यक देखियो | 1:1मृत व्यक्तिको नाम: भाइराजा श्रेष्ठको मृत्यु भएको बर्षौ भयो तर उहाको नाम अझैपनि नहटाइएको | 1:2 संस्थापक सदस्य: पिजे शाह, यूएईबाट नेपाल फर्कनुभएको बर्षौ भयो, अझै यूएईवासी झैँ नाम यूएई बाहिर लिस्टमा राखिनुपर्ने त्येसो गरिएको | 1:3 आजीवन सदस्यहरु: रामेश्वर शाह, सपना शाह, रामगोपाल थापा, दामोदर नेपाल, उपेन्द्र रानामगर, राजेन्द्र देवकोटा, शंकर ज्ञवाली, जनक शर्मा, ललित राना, गंगा अधिकारी आदि यूएई बाट नेपाल फर्कनु भएको वा अन्य मुलुक बसोवास गर्नु थाल्न भएको बर्षौ भयो तर अझै यूएईमै भए जस्तो युएई छोडेर गएका आजीवन सदस्यहरुको लिस्टमा नराखिएको, यूएई छोडेर जाने सदस्यहरुको लिस्ट अलग्गै बनाइनुपर्ने | यसरी नामावली अध्यावधिक नगर्नाले अधिवेशनमा पार्षद संख्याको प्रतिशत गणना गर्दा प्रत्यक्ष असर पर्ने हुदा, नेपाली समाज, यूएई प्रशासनिक जिम्मेवारी बोकेका पदाधिकारीहरुले यो अविलम्ब आजीवन सदस्यहरुको नामावली अधिवेशन अगावै अविलम्ब अध्यावधिक गरिन आवश्यक छ | 2.पार्षद सदस्य प्रावधान संसोधन गरिन आवश्यक 2:1 नेपाली समाज, यूएई विधानको धारा ५१ मा उल्लेख भए बमोजिम, दफा ९ बमोजिम सदस्यता लिएका व्यक्तिहरु केन्द्रीय परिषदका सदस्य हुने व्यवस्था गरिएको छ | तसर्थ कुनैपनि पार्षद सदस्य माथि उल्लेख गरिए अनुसार विधिवत नेपाली समाजको सदस्य भएको हुन जरुरी छ | 2: 2 विधानको धरान ५१ व्यवस्थामा गरिए मुताविक, नेपाली समाज, यूएईको सदस्यता नलिएका पार्षदहरु अमान्य हुने भए | अहिलेलाई समझदारीमा मान्य गरे पनि पनि मताधिकार बारे सोचिनु पर्ने अवस्था छ | 3. पुर्व कार्यसमिति सदस्य आजीवन सदस्यता नलिएका वा साधारण सदस्यता नवीकरण गरेका कुनैपनि पूर्व कार्यसमिति पदाधिकारी वा सदस्यहरुलाई पार्षद सदस्य राखी रहनको कुनै अर्थ रहन्न , धारा ५१ ले त्यो वैधानिकता कार्यसमितिलाई दिन्न |

लेखक पिएस लिम्बू “निश्चल” नेपाली समाज युएईको आजीवन सदस्य हुन् |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *