कतारमा रहेका नेपाली श्रमिकका समस्यासँग जुध्न हौसला मिलेको छ ।

राजु डुम्रे

हामी नेपालीहरु रोजगारको शिलशिलामा विभिन्न खाडी मुलुक देखि अन्तरास्ट्रिय स्तरमा नै कार्यरत छौ यतिबेला दोहा कतारमा कार्यरत गर्दै आएको हुनाले कतारमा नेपाली नागरिकहरुको स्थिती प्रती गम्भीर र नेपालीहरुको बैदेशिक रोजगार प्रती ध्यानाकर्षण गर्न चाहेका छौ  । हामी नेपालीहरुले बर्षौ देखि श्रम बेच्दै देश भित्र रेमिटेन्स भित्र्याइ रहेका छौ यो सर्बबिधित नै हो र इतिहासहरु जिबन्त नै छन ।

राजु डुम्रे

हामी खाडीमुलुकहरुमा उक्त देशको  सरकारको  कानुनहरु दृढताका साथ पालना गर्दै ,देशको बिधमान बस्तुगत परीस्थितिलाई मध्येनजर गर्दै भाबी कयौं पुस्ताहरुको निम्ति इमानदारीता र नैतिकतालाई जस्तो सुकै कष्टकर जीवन जिउनु परेता पनि विभिन्न आरोह र आबरोहका बिच चालिएका कदमहरु बिशाल मरुभुमिमा तिक्त  क्षणहरु मात्रै सम्झेर कदापी हुदैन ।यसलाई हामीले सकारात्मक कोण बाट ग्रहण गर्न सक्नु पर्दछ । दुई देश बिचको ऐतिहासिक रुपमा निर्माण गरीएको जनता-जनता बिचको सुमधुर सम्बन्धहरु त्यति सहजता थियन र  हामिले  सहजतामा परिणत गर्न सफल भयौं नेपाल सरकारको लागि यो हामी जनताहरुको अथक प्रयास र चुनौतिको बिषय बस्तुपनि हो र अहिले नेपाल र कतार सरकार बिचको गहिरो सम्बन्ध स्थापित गरेको नेपाली जनतालेनै हुन भन्ने कुरामा कसैको दुइमत नहोला यस अर्थमा जनताहरु स्वयं ईतिहास कोर्न सफल र सक्षम छन भन्ने उदाहरणिय बिषय यहि बाट स्पष्ट हुन्छ ।

खाडी मुलुक हरुमा धार्मिक रुपमा, सांस्कृतिक रुपमा ,भौगोलिक रुपमा ,यहाँका भौगोलिक बाता बरणहरु  रहन सहनहरु नेपालको परीस्थिति हरु भन्दा बेग्लै र फरक ढंगको छ । यद्यपि हामी नेपाली युवाहरु पुरै बदलीएर यहाँ खाडीमुलुकहरुको मौलिकतामा आफुले सकेको श्रमहरु यी देशको कुना कन्दहराहरुमा बेच्न सफल भयौ र श्रमको मूल्य कमीनै भएता पनि आफ्नो देशमा रेमिटेन्सहरु भित्र्याउदै तपाईहामी युवाहरुले नेपाल सरकारलाई  सहयोग गर्दै आईरहेका छौ । हामी युवाहरु देशले के दियो भन्दा पनि देशलाई सच्चा नागरीक भएर हामिले के दिन सक्छौ भन्ने मूल्य र मान्यताको आधारमा सदैब चिन्तित रहदै बिगत लामो समयदेखी हाम्रो देशको शानलाई बिदेशिहरुको सामु झुक्न दिएका छैनौ यो एउटा यथार्थता  पनि हो ।

यतिबेला नेपालको सन्दर्भमा नयाँ संबिधान कोरिएको अवस्था छ । नयाँ संविधान भित्र हामी तमाम बैदेशिक रोजगारको क्रममा बिदेशीएका नेपाली युवा तथा युवतीहरुको निम्ति राज्यले कुन दृष्टीले हेरेको छ भन्ने तर्फ तपाईहामीले ध्यान दिन जरुरी छ । तपाईहामी सबैलाई थाहा छ हाम्रो देशको नेताहरुले नेपाल राज्यलाई पसल जस्तै गरि चलाउदै आएका छन र हामी जनताहरु  ति  नेताहरुका लागी पसलमा बिक्री गर्न राखेका पसलहरुका सामान जस्तै बनिएका छौ र अर्को तिर राज्य संग समन्वय गर्दै हामिहरुलाई दशै र तिहार तथा अन्य चाडपर्बहरुमा बल्खु स्थित खसी बजारमा बेच्न राखेको चौपाया पशु जस्तै धमाधम बेच्दै छन । हामी श्रमिकहरुलाई  खाडी मुलुकहरुमा बेचेको नाफाले अलिसान महलहरु निर्माण गर्दै ऐयासीका जिबनहरु बिताई रहेका छन । लाज र शरम नभएका नेताहरु जनता खाडीमुलुकमा दुख गर्दै देश भित्रको आर्थिक संकटलाई सहर्ष स्विकार्दै बिदेश बाट रेमिटेन्स पठाउन आएका छौ ती युवाहरु माथी नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कमिशनको बार्गेनिङ गर्दै वैदेशिक रोजगारमा आएका युवाहरुलाई मोटो रकम लिन लगाउदै  चर्को ब्याजमा डुबाउन तल्लीन छन ।

हामिले दु:ख र मेहनत गरेको रेमिटेन्समा   डिस्को बार अनि पाँचतारे र तिनतारे होटलहरुमा बिकाशको परियोजनाको निम्ति भन्दै गोष्टी ,सेमिनार  बैठक गर्दै दिनमा २-४ वटा बैठक बस्छन प्रत्येक पटक बसेको बैठकको  भत्ता असुल्दै राती घरमा बिदेशी ब्राण्डका रक्सिका चुस्कि सङ्गै  मुख कुल्ला गर्दै श्रमजिबि जनताहरुप्रती घोर अपमान गरेका छन ,यधपी यो सबै नेता र कर्मचारी बर्गमा हैन  त्यस्ता नेता र कर्मचारीहरु हुन जो जानी जानी मुहानलाई धमिलो बनाउने र धमिलो पानीमा नुहाउदै सफा पानीले नुहाएको फुर्ती लगाउने हाम्रो देशका नेता तथा कर्मचारीहरु प्रशस्तै छन ।

हामी बैदेशिक रोजगारका क्रममा बिदेशमा श्रमिकबर्गहरुले भोगेका  दुख पीडा र मर्ममा अनि मन मुटुमा र मस्तिष्कमा गहीरो चोट लागेका  नेपाली श्रमिक युवाहरुको घाउमा  मल्हम लगाउन सदैब लागि परेका  अभियान्ता तथा नेपाली श्रमिकहरुको रक्षार्थ आवाज उठाउदै  आएका सिपाहीहरु हौ । विभिन्न कालखण्डमा र विभिन्न समयमा नेपाली श्रमिकहरुको दुख पीडा र मर्महरु उजागर गर्दै आजको दिन सम्म आईपुग्दा नेपाल बाट कतारको लागि महामहिम राजदुत संग कतारमा नेपाली श्रमिक बर्गहरुको प्रसंगमा र उहालाई आम नेपाली श्रमिकहरुको संगठनको तर्फ बाट  नेपाली श्रमिकहरुको बर्तमान  परिस्थिती बारे र पछिल्लो चरणमा दोहा भित्र अवस्थित सामाजिक संघ सस्थाहरु संगको हाम्रो सम्बन्ध र नेपाली समाजको ओरेन्टेसनको बारे गम्भीर रुपमा छलफल गर्ने मौका हामिले पायौ ।

हामी आम नेपाली समुदायको  परिबर्तनको पक्षमा सदैब लडिरहने र उभिरहने हाम्रो नेतृत्व टिम उहाले नेपाली श्रमिकहरुको पक्षमा र देशको निम्ति  खेल्न खोज्नु भएको भुमिका प्रति नतमस्तक भयौ र उहाँ लाई कुन शब्दले स्वागत गरौ जति नै स्वागत र सम्मान गरे पनी हामिलाइ अपुग नै हुनेछ  ।  हामी श्रमजिबी मजदुरहरुले वास्तबमा नै साधारण जीवन शैली ,देश र जनता प्रति गम्भीर सोच र स्पष्ट भिजन ,बिज्ञान सम्बत तर्कहरु र उहाँको गहकिलो प्रश्तुति हामीले सरल र मिजासिलो अबिभावक पाएको अनुभूति गर्यौ ।

हामिले उहा जस्तो कठोर निर्णय लिन सक्ने र यहाँ भएका गतिबिधिहरु तत्काल कार्यन्वयन गर्न नेपाल सरकारको हरेक मन्त्रालयमा जुझारु रुपमा लागि रहने ब्यक्तित्वलाई महामहिम राजदुतमा नियुक्ति गरि दिएकोमा नेपाल सरकारलाई हार्दिक धन्यबाद दिन चाहन्छौ ,  हामी नेपाली श्रमिकहरुको एजेन्डा बोकेर एउटा मिसन छेड्दै हुनुहुन्छ तपाईं कमाण्डर बन्नुहोस हामी कतारमा अवस्थित सारा नेपाली श्रमिकहरु तपाईको रक्षार्थ गर्दै तपाइको एजेण्डामा सहमत हुँदै तपाइको स्पष्ट भिजनको सिपाही बनेर तपाईको हातमा हात मिलाउदै बैदेशिक रोजगारको क्रममा आएका सम्पुर्ण नेपालीहरुको जीवन शैली परिबर्तन गर्न  निरन्तर साथ सहयोग र समर्थन हाम्रो तर्फबाट हुनेछ ।

नेपाली जनप्रगतिशिल मंच कतार संग आबद्ध भएर निरन्तर श्रमिकहरुको सिपाही बनेर आफ्नो अबिभाबक सम्झेर हामी बैचारिक संगठनको तर्फबाट प्रतिनिधित्व गर्दै खाडिमुलुकहरुमा आम नेपालीहरुको नेतृत्व गर्दै जादा विभिन्न आरोह र आवरोह हरु पार गर्दै गयौ तर हामीले नेपालीहरुकै सर्बोच्च हितको निम्ति बडो कठिन समयहरुमा संगिन निर्णयहरु लिदै आइरहेको सर्बबिधित नै छ । हाम्रो संगठनको एउटै मात्र उद्देश्य हाम्रा  मात्रै राम्रो हुन्छन भन्ने हैन अरुका पनि राम्रा हुन्छन भन्ने बिगतको इतिहास तपाइहामी सामु एउटा इतिहासनै छ । बिगतमा नेपाली जनप्रगतीशिल मंच दोहा कतारले भुतपुर्ब  महामहिम राजदुत  श्री डा .सुर्यनाथ मिश्र ज्यु संग भएको कार्यकालको सहकार्यलाई अबिस्मरणिय रुपमा लिदै आईरहेका छौ ।त्यसपछी हाम्रो बाट प्रतिनिधित्व गर्दै आउनु भएका महामहिम राजदुतको कार्यकाललाई श्रमिकहरुको घोर अपमान र आपत्तिजनक रुपमा उठायौ र नेपाल सरकार सङ्गको सहयोगमा नेपाल फिर्ता गर्न हामी बाध्य भयौ ।
नेपाली जन प्रगतिशील मंच दोहा कतारको पाँचौ महाधिवेशन आयोजक समितिको केन्द्रिय स्तरको शिश्टाचार भेट घाट तथा स्वागत कार्यक्रमको सिलसिलामा दूतावास भित्रै  नब नियुक्त महामहिम राजदुत ज्युको कार्यकालको सुरुवाती पहिलो भेटमानै प्रशंसा  योग्य र इमान्दार सरल र नेपाली श्रमिकहरु प्रति दृढता पुर्बक लागीरहनु भएको अबिभाबक पायौ भन्ने अनुभुती हामिले गरेका छौं , र समग्र दुताबासमा  कार्यरत विभिन्न तह र तप्काको पदमा आसिन  रहनु हुने दुताबासको कर्मचारीहरु प्रती हामी नेपाली जनप्रगतिशिल मंच दोहा कतार यहाँहरुले  कतारमा सम्हाल्दै आउनु भएका  कार्यभारहरु र समयाबधीको पुर्ण  सफलताको कामना गर्दछौ ।

(लेखक नेपाली जनप्रगतिशिल मञ्च कतारका सल्लाहकार हुन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *