नवलपरासीका बाढी पिडितलाई हामी नेपाली एसोसिएसन युएईको आर्थिक सहयोग ।

युएई,
युएईमा दर्ता भएको नेपालीहरुको एकमात्र सामाजिक संस्था हामी नेपाली एसोसिएसन, र एसोसिएसनका सञ्चालक डा. दिनेश आचार्यद्वारा युएईमा सञ्चालित विभिन्न कम्पनीहरुले नवलपरासीका बाढि पिडितहरुको लागि आर्थिक सहयोग घोषणा गरेको छ ।
एसोसिएसनका प्रमुख दिनेश आचार्यले प्रेस विज्ञप्ती जारी गर्दै वासस्थान गुमाएका नवलपरासिका बाढि पिडितहरुका वासस्थान पुन निर्माणका लागि ९ हजार दिहराम(करीब २ लाख ५० हजार दिहराम्स सहयोग गर्ने जानकारी गराएका हुन । उक्त रकम युएईको सिडिए(सामुदायिक विकास प्राधिकरण) र नवलपरासीका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर बाढि पिडितहरुलाई हस्तान्तरण गरिने कुरा विज्ञप्तीमा उल्लेख छ ।
डा.आचार्यद्वारा सञ्चालित हामी नेपाली एसोसिएसनले ३ हजार दिहराम, डिडिए गु्रपको तर्फबाट ३ हजार दिहराम, एभरेष्ट मिडियाको तर्फबाट एकहजार दिहराम, एभरेष्ट रेष्टुरेण्टबाट एक हजार दिहराम र हिमालयन रेष्टुरेण्टको तर्फबाट एक हजार गरि ९ हजार संकलन गरिएको हो । उक्त रकम नवलपरासीको सुस्ता क्षेत्रमा वितरण गरिने हामी नेपालीका सञ्जय पाण्डेले नयाँ पत्रिकालाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *