जनयुद्धले आर्जेका जनताको नासोलाई खोस्न तल्लिन छन बिस्तारवाद र साम्राज्यबादिहरु

राजु डुम्रे,
नेपालको राजनैतिक अवस्थाको बारेमा हामी सबै जानकार छौँ।बर्गिय मुक्ति आन्दोलनको निम्ति हतियार उठाएर दशबर्ष जनयुद्ध लडियो ।उक्त   दश बर्ष अबधि भित्र थुप्रै युद्ध भयो विभिन्न प्रकारको घटना र परिघटनाहरु हामिले देख्न र भोग्न बाध्या भयौ सामन्ती राज्य ब्यबस्था विरुद्धमा उठाएका हतियारहरु शसस्त्र र निशस्त्र दुवै प्रकारको बर्गिय मुक्ती आन्दोलनका बिरुद्ध चालेका कदमहरु प्रती लक्षित भयो ।

राजु डुम्रे
 नेपाली समाजमा, अन्यायका जालोहरु जंगलका लहराले जेलिएझै जेलिएको थियो त्यसका बिरुद्धमा प्रतिकार गर्दै जादा कतिपय निम्न बर्गका जनताहरु  महान बर्गियमुक्तिको आन्दोलनमा शतिसालको रुख झै  पर्खाल बनेर वा सामान्ती राज्यसत्ताको आड लिएर खडा हुन्थ्यो ।
आफनै बर्गको निम्ति लडेको हो भनेर अलिकती पनि सोच्न सकिँदैन थियो ।  ०६२/०६३ सालमा जब जनयुद्धलाई थाती राखी माओवादी  शान्ती प्रकृयामा आयो देशको इतिहास र बिश्वको क्रान्तिको विश्लेषण गर्दै नेकपा (माओबादी )पाटीले जब आफ्नै देशको भौगोलिकता , मौलिकता र नेपालको राजनिती र नेकपा (माओबादी ) पार्टिको कार्यदिशालाइ  विस्लेषण गर्दै शान्ति प्रक्रियामा देशलाई जब अबतरण गरियो ।
 उतिबेला कार्यकर्ता देखि नेताहरुमा एक प्रकारको उत्साह र उमंग हुनु स्वभाविक नै थियो  । तर अन्तत्  त्यो उत्साह र उमंग धेरै समयसम्म मुर्तरुप लिएर नत अगाडी बढ्न सको न त  अडिक रहन सक्यो। बरू जवर्जस्ती जोडेको नाता र उमेरै नपुगी लगाएको पिरती जस्तो तोडीएर विभिन्न पछ्यामा विभाजन हुन पुग्यो।
 पाटि विभाजन हुनुमा यसको एउटै मात्र पाटो छैन विभिन्न पाटोहरु छन । जसमा विभाजन गर्नुको मुख्य  नायक भुमीका बिदेशि हस्तीहरुलेनै  समालेका थिए भने खलनायकको  भुमिका देश भित्रको पुजिबादी नोकरशाही  र दलालका नोकरहरुले खेलेका थिए भन्दा दुई मत नहोला  ।
झट्ट हेर्दा बैचारिक मत भिन्नताले विभाजित भए जस्तो  गर्ने  तर प्रधान भुमिका साम्राज्यवाद र बिस्तारबादहरुको  आन्तरिक चलखेलले नै पाटिलाई टुक्राटुक्रा पारे । विश्व अहिले पुजीवादी उन्मुख अर्थतन्त्रको सेरोफेरो घुमिरहेको छ । जनयुद्धले आर्जेका जनताको नासोलाई खोस्न तल्लिन छन बिस्तारवाद र साम्राज्यबादिहरु “फुटाउ र राज गर ” भन्ने साध्यलाइ जबर्जस्त ढंगले भित्र भित्रै कोठामा  धमिरा सल्के झै सल्की सकेका छन ।
जतिसुकै नयाँ ब्यबस्था र नयाँ ढङ्गले देशको नेतृत्व गर्छु वा देशलाइ फेरि नयाँ  क्रान्तिको खाचो छ  भनेर क्रान्तिको ठूलो ठूलो चर्चा गरे पनि ती सबै अन्तरअात्माले बोलेका चाही पक्कै पनी हैनन , बोलेका हुन देशिय सामन्तबाद , बिस्तारबाद र साम्राज्यवादका डलरले धेरै धेरै टाढा जानू प्रदैन  हामिले यो तथ्यलाई बुझ्नको निम्ति  भक्तपुर  ,धोबिघाट , पालुङटार , हेटौडा ,राष्ट्रिय सभागृह ,  बिराटनगर यति स्थान भित्र गहिरो  गरि अध्यन गरे पुग्छ ,चलखेल कहाँ कहाँ बाट भयो भनेर नेपालको क्रान्तिकारी  राजनिती कार्यदिशा जहाँ जहाँ बाट चुके ती सबै क्रान्तिकारी कार्यदिशा र कार्यशैलीहरुको आत्मासमिक्षा सबै फुटेर तितर बितर भएका बिषेस गरि नेकपा माओबादीबाट टुक्राटुक्रामा बिभाजन भएका छन ।
मिडियामा  बोलेर ठुलठुला क्रान्तिको कुरा गरेर सिन्को पनि नभाच्ने र क्रान्ती अझै सम्पन्न भएको छैन क्रान्ती गर्नु पर्छ भनेर गित गाइरहने अनि देशलाइ बिकाशको गतिमा अगाडि बढाउनु पर्छ भनेर पाटी फुटाएर आफ्नो शक्ति क्षेत्रीय पाटीमा बिलिन  गराउन खोज्ने र संसदिय ब्यबस्था ठिक होइन भनेर थाहा हुदा हुँदै  बहुदलिय प्रजातान्त्रीक संसदबादी हुँदै जनयुद्धले जबर्जस्त तरिकाले परिबर्तन गरेको शक्तिहरु बहुदलिय लोकतान्त्रिक गणतन्त्र भनेर मुखमा नाम जप्ने तर ब्यबहारमा गणतन्त्रको सिन्को नभाच्ने अनि ठूलो सख्याले दिएको बलिदानबाट स्थापित गणतन्त्रलाइ संसदिय ठेकेदार र राजतन्त्रको नाइकेहरुको वरिपरि घुमाउदै असफल पार्ने र गणतन्त्र असफल सिद्ध गर्ने षडयन्त्रको सिकारमा दिनप्रतिदिन माओबादी केन्द्र फस्नु भनेको सबै माओबादिलाइ बिभाजन गरेर सिध्याउने प्रक्रिया हो ।
यो कुरा प्रखर  माओबादी आन्दोलनका नेतृत्वहरु र त्यसका वरिपरि घुमिरहेका कार्यकर्ताहरुले बुझ्नु पर्ने बर्तमान परिस्थितिको अपरिहार्य आबश्यकता रहेको देखिन्छ।
यतिबेला देखिने गरि चार तहमा पसल थापेर  युद्धको नेताहरु
बिभाजित छन ।  ति चारै जनाले चार तिर मुख फर्काउदा इमानदार कार्यकर्ताको मनोबल गिर्नु र हजारौं   महान शहिदहरुले गरेको बलिदान को अमुल्यांकन  गर्नु  प्राप्त उपलब्धीहरुको संस्थागत गर्न नसक्नु जनताको मन बुझ्न र जित्न नसक्नु जनताको नजरमा माओवादी आन्दोलन प्रती बितृष्णा फैलनु के हिजो जनताले चार नेता चार दिशा फर्काउन कै लागि जनयुद्ध गरेका थिए त ? हिजोका ती तमाम जनयुद्धका शहिद तथा घाइते ?
अनि तपाईनै भन्नुस त महोदय अहिले  बेपत्ता योद्धाहरुको अपमान किन ? युद्धमा सामेल इमानदार नेता तथा कार्यकर्ताहरु उन्को शरिरमा बमका छर्रा र गोलिले लागेको पोली रहेको घाउहरु बोकाएर अरब मुलुकमा वेवारिसे बन्न बाध्या बनाउनुको अर्थ चाही के ?
 एउटै एजेण्डा बोकेर टुक्रेका हामी माओवादीहरु चारैदिशातिर फर्केर बर्गिय मुक्तिको नारा लगाउदै पुग्ने लक्ष कहाँ हो ? हामी सबैले भन्ने गर्छौ राजनितिमा स्थायी शत्रु र मित्र कोहि हुदैन , हो यहि कुरालाई अब्लम्बन गर्दै ,  अब त अति भयो जसरी २०५२ सालमा जनयुद्ध  सुरुगर्दा जसरी मायाँ ममता र स्नेहले एउटै प्लेटमा साम्यवादि सिद्धान्तको अवधारणालाई अंगिकार गर्दै  खाएका थियौ त्यसै गरि गाँसिनु तिम्रा माया अनि पिरती एउटै छहारी मुनि आउ र  त्यहा युद्द पनि गर अनि प्रेम पनि गर यसै अागमी दिनमा तिम्रा सपनाले मुर्तरूप लिने छ ।
(लेखक नेपाली जनप्रगतिशिल मञ्च कतारका सल्लाहकार हुन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *