नेपाल पत्रकार महासंघ युएईले गर्यो पाण्डेको विदाई ।

लक्ष्मण खनाल, युएई
नेपाल पत्रकार महासंघ युएई शाखाले कार्य समिति सदस्य निमाकन्त पाण्डेको विदाई गरेको छ ।
शाखाका अध्यक्ष भुपराज वस्यालको अध्यक्षतामा युएईको बरदुबई स्थित शुभयात्रा ट्राभल्समा कार्यक्रम आयोजना गरेर उनको विदाई गरिएको हो । सचिव मेघराज सापकोटाको सञ्चालन रहेको उक्त कार्यक्रममा पाण्डेलाई नेपाल पत्रकार महासंघको तर्फबाट दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो लामो प्रवास वसाई, प्रवासमा सामाजिक जिवन र पत्रकारीतामा आउने जटिलता, मजदुर समस्या र ति समस्यमा जुध्दा आइपर्ने चुनौतीको बारेमा जानकारी गराएका थिए । साथै उनले पत्रकारितामा मजदुर हकहितका लागि कुनै सम्झौता गर्न नहुने बताउदै प्रवासमा क्रियाशिल पत्रकारहरु एक हुनुपर्नेमा जोड दिएका थिए ।
बैदेशिक रोजगारीको क्रममा २१ बर्ष प्रवासमा विताएका पाण्डे नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यसमिति सदस्य तथा मजदुर अनलाइनका प्रवन्ध निर्देशक हुन । उनले व्यक्तिगत जिवनमा गरेका संघर्षका पाटाहरु सुनाउदै भावुक रुपमा भने– “जवान केटो प्रदेश आएको थिए, बुढो भएर फर्कदैछु ।”
कार्यक्रममा अतिथिहरु शाखाका केन्द्रिय प्रतिनिधि विनोद श्रेष्ठ, संस्थापक सदस्य निमेष गिरी, भुतपुर्व केन्द्रिय प्रतिनिधि एकेन्द्र थापा लगायतले पाण्डेको विदाईमा शुभकामना मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *