कहिँ नभएको जात्रा हाडी गाउमा –नेपाली समाज युएई

युएईको सबै भन्दा जेठो सामाजिक सस्था नेपाली समाज युएईको आगामी जुलाई ७ मा हुन् गइगैरहेको अधिबेशन सगै युएईमा रहेका नेपालीहरुमा अब बन्ने अध्यक्ष पदको बाजी कसले मर्ला भन्ने प्रश्न जटिल बन्दै गएको छ ।

अधिबेशनलाई सफल पार्न र सही नेतृत्व छान्न भनेर निर्माण भएको निर्बाचन समिति नै यतिखेर विवादमा मुछिएको छ । गत जुन २ तारिक प्रबासी अनलाइन डट कमले नेपाली समाज युएईको आगामी नेतृत्व कस्तो हुनु पर्छ भनेर युएईमा एक बहस कार्यक्रमनै संचालन गरको थियो । उक्त बहस कार्यक्रममा अध्यक्ष पदको आकाक्षीहरु राजु खडका,भिम अधिकारी र मणि भुर्तेल सगै युएईमा रहेका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा आकांक्षी मध्येका एक भिम अधिकारीले आफ्नो घोषणा पत्र प्रस्तुत गरेका थिए भने अन्य दुइले आ-आफ्नो धारणा राखेका थिए ।

उक्त बहस कार्यक्रम पछि नेपाली समाज युएईको अधिबेशन गराउन निर्माण भएको निर्बाचन समितिका संयोजक गोबिन्द ढकालले उक्त कार्यक्रम निर्बाचन आचार सहिता बिपरित भएको र उक्त कार्यक्रममा आफ्नो धारणा राख्ने आकांक्षी उमेद्वारहरुलाई कारबाही गरिएको जानकारी गराएका छन् । मोफसल मिडियालाई प्राप्त अडियो टेपमा संयोजक गोबिन्द ढकालले उक्त बहस कार्यक्रममा आफ्नो धारणा राख्ने आकांक्षी उमेदवारहरुलाई आफुले कारबाही गरिसकेको बताएका छन् तर हामीले आकाक्षी उमेदवारहरुलाई सम्पर्क गर्दा यस्तो कुनै पनि कारबाही नभएको र आफुहरुलाई यो बिषयमा कुनै जानकारी नभएको बताए ।

संयोजक ढकालको उक्त अभिव्यक्ति पछी मोफसल मिडियाले नेपाली समाज युएईलाई नजिकबाट बुझेका र नेपाली समाज युएईको कार्यकाल २०१३ -१५का निर्बाचन संयोजक गोपाल कडेललाई सम्पर्क गर्दा निर्बाचन समितिको काम उमेद्वारी लिने,छानबिन गर्ने,उमेदवारी उपर कसैले दाबीबिरोध गरेको खण्डमा आफ्नो अधिकारको दायरा भित्र रहेर उमेद्वारी बदर सम्म गर्न सक्ने तर निर्बाचन समितिलाई कोहि आकांक्षी उमेदवारहरुलाई कारबाही गर्ने अधिकार न बिधानले दिएको छ न नियावलिमा नै रहेको बताए ।

त्यस्तै नेपाली समाज युएईको कार्यसमिति २०१५ -१७को निर्बाचन संयोजक कृस्ण पौडलको धारणा पनि पुर्ब संयोजक गोपाल कडेलकै जस्तो छ । पौडलको बुझाइमा नेपाली समाज युएईको बिधानमा उल्लेख भए बमोजिम यस समितिका पार्शद सदस्य,आजीवन सदस्य एबम बर्तमान कार्यकारिणी सदस्यहरुले नेपाली समाजको आसन्न अधिबेशनमा भाग लिने पाउने ब्यबस्था अनुरुप त्यही ब्यबस्थालाई सदुपयोग गर्दै केहि व्यक्ति बिशेषले आफ्नो इच्छा जाहेर गरेर सामाजिक संजालमा अभिव्यक्ति दिनु व्यक्ति स्वतन्त्राको कुरा भएको हुदा निर्बाचन समितिले कसैलाई कारबाही गर्ने अधिकार नरहेको बताए । दुवै पुर्ब निर्बाचन संयोजकको बुझाइमा निर्बाचन समिति र संयोजक नितान्त दिएको समय कालखण्ड भित्र निर्बाचन गराई अधिबेशन सफल बनाउने एउटा समिति मात्र रहेको ठहर छ ।

यसरी हेर्दा नेपाली समाज युएईको बिधान सम्मत हाल बनेको निर्बाचन समितिका संयोजक गोबिन्द ढकालले यस बिषयलाई कसरी सम्बोधन गर्छन र कारबाही बारे मिडियामा आइरहेका खबरहरुलाई कसरी प्रस्टयाउन चाहन्छन त्यो भने हेर्न बाकि नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *