कालिमाटी विषेश सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

दुबाई –  नयाँ वर्ष २०७४ को अबसरमा हुने  कालिमाटी विषेश सांस्कृतिक कार्यक्रमको  तयारी अन्तिम चरणमा पुगेको  आयोजकले बताएका छन |

अप्रिल २१ तारिक दुबाईको  अल्कोज स्थित ड्सको हलमा हुने बिशेष सांगीतिक कार्यक्रममा पछिल्लो समयका  लोकप्रिय कलाकार  गायक तारा लक्सम बिशेष आर्कर्षण रहने आयोजक राजेस पाण्डेले मोफसललाई जनाएका छन |

नया बर्ष सास्कृतिक कार्यक्रममा युएईका कलाकारहरु सारिका सुनार , नन्दु राई , पारस लामा , राजेश पाण्डे , बिन्दु मुखिया , यमुना कार्की , अमृता लक्सम लिम्बु दिपक गुरुङ , रोशनी सुब्बा , निच्चल श्री  लगायतका कलाकारहरुले कार्यक्रमलाई मनोरञ्जन दिने  मोफसल इभेन्ट मेनेजमेन्ट कम्पनिका लोमश भट्टराईले बताए |

नेपाली उत्पादनका दैनिक प्रयोगमा आउने सामानहरु सागसब्जी, मुला, करेला, भिन्डी र अन्य दाल, गेडागुडी, भटमास, टिम्मुर, गुन्द्रुक, कोदाको पिठो, फापर, मुलाको अचारलगायतका सामान बिक्री गर्ने कालीमाटी खाद्यान्न भण्डारको बिशेष सहकार्यमा मोफसल इभेन्ट कम्पनीले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा अप्रिल २१ तारिक अपराहृन २ बजे देखि हुने कार्यक्रमको व्यावसायिक जिम्मा लिएका राजेश पाण्डेले जानकारी गराए | आयोजकले नया बर्षको अबसरमा नेपाली कामदार धेरै बस्ने क्षेत्रमा सुभकामना आदानप्रदान गर्न  नेपाली कलासास्कृतिक बाट  मनोरञ्जन दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाएका छन |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *