योञ्जनको अपिल


२०२० सालमा, रामेछाप जिल्लाको मझुवा गाविस, वडा नं.१ मा जन्मेका श्री पञ्च योञ्जन तामाङ आफ्नो दैनिक रोजि रोटिलार्इ सहज र सरल बनाउने सिलसिलामा वैदेशिक रोजगारीता अपनाउँदै २००३ को मे महिनामा यूएइको दुबाइ शहर अन्तर्गत रहेको DRY DOCKS WORL DUBAI कम्पनीमा आइ पुगे । NEW OVERSEES म्यान पावर बाट ४८ हजार तिरेर प्रति महिना ९५०/- दिह्राम तबलमा राजी भइ दुबाइ आएका श्री पञ्च योञ्जन दुर्भाग्य बस वर्ष दिन न पुग्दै नोभेम्बर-२५-003 का दिन दुर्घटनामा परी दाइने खुट्टो घुँडा मुनी पुरै गुमाउनु परो ।
दुर्घटना पश्चात् उपचारमा लाग्ने सबै खर्च कम्पनीले बेहोरेर नक्कली खुट्टा समेत बनाइ कम्पनीले निज योञ्जनलार्इ सरल र सहज काममा नियमित नोकरी कायम गरि मानवीय सहयोग गर्दै आएको अवस्थामा एक्कासि २०१५ जनवारी २५ देखि निजलार्इ कम्पनीद्वारा अब कास दिने घोषणा गरियो । तर, कम्पनीको यो घोषणाले ६ जना छोरी र १ जना छोराको अभिभावक योञ्जनलार्इ अरू चोट थपियो । त्यसैले विकल्पमा साबिककै काममा पुन अर्को कम्पनी फेरेर काम गरिरहेको अवस्थामा नक्कली खुट्टाको सकेट + ब्यारिङ + फर्म र जुत्ता फेर्नु पर्ने अवस्था देखियो ।
विगतका वर्षहरूमा पनि निज योञ्जनको नक्कली खुट्टा फेर्ने समस्या नदेखिएको भने होइन तर तत्कालीन अवस्थामा पुरानो कम्पनी बाटै सबै आवश्यक रकम उपलब्ध हुन्थ्यो भने अहिले नयाँ कम्पनी बाट यो सुविधा नुहुँदा निज योञ्जनको नक्कली खुट्टाको सकेट + ब्यारिङ + फर्म र जुत्ता फेर्न लाग्ने जम्मा ३० हजार दिह्राम रकम निजको तबल बाट मात्रै जोहो गर्ने हो भने ३ वर्ष लाग्ने देखिन्छ तर डाक्टरको सल्लाह अनुसार एक महिना भित्र फेरी सक्नु पर्ने हुन्छ ।

यदी एक महिना भित्र न फेरिएमा नक्कली खुट्टामा प्रयोग गरिएका अन्य सामाग्रीहरू पनि अरू बिग्रिने र अझ धेरै रकम खर्च गर्नु पर्ने भएको हुँदा श्री पञ्च योञ्जनले यूएइमा रहेका तमाम नेपालहरूमा आर्थिक सहयोगको अपिल र अपेक्षा गरेका छन् । खुल्ला दिन हुने मनकारीहरूले निम्न बैक खातामा सकेको रकम जम्मा गर्न सक्नु हुने छ ।
Meena Yonjan- A/c 370744664401- IBAN
Contact number- 0544001730- Pancha

Leave a Reply

Your email address will not be published. Required fields are marked *