माओवादी केन्द्र चुनावि अभियानमा, छिट्टै उम्मेदवार तय हुने

अनन्त शर्मा, भरतपुर

निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनको तयारी तिव्र पारेसँगै नेकपा माओवादी केन्द्र चितवनले पनि आफ्नो चुनावि तयारी तिव्र पार्दै लगेको छ ।

यस क्रममा माओवादी केन्द्रका केन्द्रीय नेता तथा स्थानिय नेता कार्यकर्ता संगठन सुदृढिकरण र घरदैलो कार्यक्रममा लागि परेका छन् । नेकपा एमाले र नेपालि काँग्रेस चितवनका टोलै पिच्छै फरक फरक मेयर र उपमेयर तथा वडाध्यक्षका उम्मेद्वारको नाम आइरहँदा माओवादी केन्द्र भने अन्तिम अवस्थामा नाम तय गर्ने, हाल पार्टीलाई नै जनतामा स्थापित गर्न कार्यकर्तालाई निर्देशन दिइरहेको थियो ।

यसबिच नव घोषित भरतपुर महानगरपालिकाको विभिन्न वडाहरुको वडा सम्मेलन सम्पन्न गर्दै चुनावि तयारीमा माओवादी केन्द्रीत भइरहेको माओवादी केन्द्रका नेताहरु बताउँछन् । सिंहदरवारको अधिकार गाउँ गाउँमा पुराउन प्रचण्ड नेतृत्वको सरकार सफल भएकाले सो कार्यन्वयनको लागि पनि माओवादी केन्द्रको सशक्त उपस्थिति स्थानिय संरचनामा हुनुपर्नेमा स्थानिय नेताहरुको जोड रहेको थियो ।
शनिवार सम्पन्न भरतपुर महानगरपालिका ४ नं वडा समितिको एकता भेलाले बलिभद्र कँडेलमा २५ सदस्यीय कमिटी निर्माण भएको छ ।

सो भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पुराना नेता यदुमणी कँडेल मणिबाले माओवादी केन्द्र ४ नं वडाले ¥यालि सम्पन्न गर्दै भेला गर्दै गर्दा वर्गदुश्मन अत्तालिसकेको र आउँदै गरेको चुनावमा सजिलैसँग माओवादी केन्द्रले जित हुने दावि गरे । भरतपुर वडा नं १० को एकता सम्मेलन पनि शनिवार भव्यताका साथ विरेन्द्र बहुमुखि क्याम्पस भरतपुरमा सम्पन्न भएको छ । सो भेलाले विश्वनाथ ओझाको अध्यक्षतामा वडा समिति निर्माण गरेको छ ।
यस बिच भरतपुर महानगरपालिका वडा नं २ नेकपा माओवादी केन्द्र को वडा सम्मेलन तथा वाइसिएल नेपालको वडा सम्मेलन नेकपा माओवादी केन्द्रका स्थायि कमिटि सदस्य सुर्यप्रकाश सुवेदी पथिकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । यसका साथै माओवादी केन्द्रको एकै दिन ९ वटा वडा भेला तथा सम्मेलन सम्पन्न भएको छ । चुनावि अभियान तिव्रतासँग माओवादी केन्द्रका जिल्ला तथा केन्द्रिय नेताहरुलाई आधिकारी उम्मेद्वार तय गर्न दबाब परिरहेको छ । नेताहरु पार्टिले छिट्टै नै उपयुक्त पात्र उम्मेदवारको रुपमा तय हुने जानकारी भेलामा गराइरहेका छन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराई, सह इन्चार्ज ज्ञानु बस्नेत आकांक्षा, घनश्याम दाहाल अविनाश लगायतका सम्पुर्ण नेता कार्यकर्ता चुनावि अभियानमा सक्रियता पुर्वक लागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *