केआरबी क्रियशनको ‘झ्याप्पै नजर’ सार्वजनिक

यूएई,

मोफसल मिडिया ग्रुपको प्रस्तुती रहेको  झ्याप्पै नजर बोलको आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युएईका स्थापित भिडियो निर्देशक रोहित बिक्रम कार्कीले निर्देशन गरेको म्युजिक भिडियो संग्स नेपालको युटुब च्यानल बाट सार्बजनिक गरिएको हो | विजय तिमिल्सिनाको आवाजमा रहेको  गीतमा  डी.पी. खनालको शब्द तथा धनु ग्याँग्मी मगरको संगीत रहेको छ । केआरबी क्रियशनले निर्माण गरेको उक्त भिडियो युटुब च्यानलमा चर्चा कमाइ रहेको छ |

उदय राज पौडेलले एरेञ्ज गरेको यो गीत को भिडियोमा निर्देशक रङ्गकलाकारितामा क्रियाशिल कलाकारहरु रोशनी ,किरण र मिलनलाई निर्देशक कार्कीले जिबन्त अभिनय गराएका छन |
सुरेश राउतले सम्पादन गरेको म्युजिक भिडियो निर्देशक कार्कीले आफै क्यामेरामा कैद गरेका हुन | पछिल्लो समय यूएईमा निरन्तर म्युजिक भिडियो निर्देशन गरिरहेका कार्कीले नेपालमा पहिलोपटक  भिडियो सार्बजनिक भएको हो |

 भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *