नेपाली दुतावास युएईको अन्र्तक्रिया सम्पन्न, कानुनको पालना गर्न आग्रह

लक्ष्मण खनाल युएई,

नेपाली दुतावास युएईको आयोजनामा प्रवासी नेपालीहरुका लागि सचेतनामुलक कार्यक्रम दुबईको फोर प्वाइन्ट सेभेन सेराटन होटलमा सम्पन्न भएको छ ।
कार्यक्रममा आफ्नो मन्तव्य तथा प्रस्तुती राख्दै नेपाली दुतावास युएईका कार्यबहाक राजदुत नेत्र टंडनले युएईमा नेपाली हरुले भोग्नु परेका समस्याहरु, समस्याका कारण र समाधानका उपायहरुमा परिचर्चा गरेका थिए । उनले नेपालीहरुले युएई र नेपालको कानुनको अक्षरस पालना गर्ने हो भने समस्याहरु धेरै मात्रमा नहुने बताउदै लागुऔषधको विक्री वितरण र प्रयोग, अवैधानिक यौनजन्य गतिविधिहरु, समाजिक सञ्जालको दुरुपयोग, अबैधानिक विप्रेषण, ट्रफिक नियमको पालना, युएईमा निषेध गरिएका वस्तुहरुको ओसार पसार जस्ता कार्यहरुमा सचेत रहनु पर्ने बताए ।
साथै उनले युएईमा रहेका नेपालीहरुलाई जनचेतना अभिबृद्धि गर्नको लागि नेपाली संघ संस्थाहरुले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । युएईमा क्रियाशिल नेपाली संघ संस्थाहरुले गर्ने विभिन्न कार्यक्रममा एउटा चेतनामुलक प्रस्तुती रहेमा त्यसले प्रभाव बढ्ने बताउदै आगामी दिनमा नेपाली दुतावासले मजदुर लाई प्रत्यक्ष रुपमा जनचेतना अभिबृद्धि गर्न मजदुरमुखी कार्यक्रम ल्याउने पनि जानकारी दिए ।
उनले घरेलु कामदारको रुपमा आउनेहरुलाई नेपाल सरकारले निश्चित मापदण्ड र निश्चित म्यानपावरहरु तोकेको हुदा सुरक्षित बाटो हुँदै बैधानिक रुपमा आउन पनि आग्रह गरे । उनको प्रस्तुतीमा घरेलु कामदारको लागि आवश्यक प्रक्रिया र काजगातको विषयमा पनि रहेको थियो ।
नेपाली दुतावास युएईकी श्रम सहचारी हिरा यादवको सञ्चालन रहहेको उक्त कार्यक्रममा श्रम काउन्सेलर भेषबहादुर कार्कीले बैयक्तित भिषा र मागपत्र प्रमाणीकरणको प्रक्रियाका विषयमा आफनो प्रस्तुती राखेका थिए । उनले प्रक्रिया पुगेको खण्डमा दुतावासले मागपत्र प्रमाणि गर्ने बताए ।
युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्था, व्यावसायी , समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्र्तक्रियामा आफ्नो सुझाब र जिज्ञासा राख्दै विभिन्न बक्ताहरुले दुतावासको फोन समयमा नउठने, समस्यामा परेका नेपालीहरुलाई उद्दार गर्न अक्षयकोष स्थापना गर्नु पर्ने, दुतावासका कर्मचारीले अबैधानिक तरिकाले रकम खाने गरेको कुरा वाहिर आएको भन्दै त्यसको छानविन दुतावासले गर्नु पर्ने जस्ता कुराहरु राखेका थिए । अन्र्तक्रियामा उठेका प्रश्नहरुको जावाफ कार्यबहाक राजदुत नेञ टंडन र द्वितिय सचिव कृष्ण अर्यालले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *