हेमन फाउण्डेसनले युएईमा साँस्कृतिक कार्यक्रम गर्ने

युएई
अनाथ, असाह्य, विपन्न बालबालिकाहरुको शिक्षा सहयोगार्थ हेमन फाउण्डेसनले युएईमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
फाउण्डेसनद्वारा हिजो बरदुबइमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी दिइएको हो । हेमन फाउण्डेसनका संस्थापक तथा मानव जिवन संरक्षण मञ्चका अध्यक्ष हेमन मोक्तानले पत्रकार सम्मेलनमा बोल्दै आगामी मार्च ३१ का दिन बरदुबई स्थित इमेरियल स्विस होटलमा उक्त कार्यक्रम गरिने बताए ।
कार्यक्रम बाट संकलिन रकम अनाथ, असाह्य, विपन्न बालबालिकाहरुको शिक्षामा, पुस्तकालय निर्माणमा लगानी गरिने पनि उनले बताए । कार्यक्रममा गायक हेमन मोक्तान, गायिका मल्लीका कार्की, र नायिका रजनी केसीको प्रस्तुती रहने पनि उनले जानकारी गराउदै यस्तो पवित्र कार्यमा सहयोग र साथ दिनको लागि युएईका सम्पुर्ण नेपाली संघसंस्थाहरुलाई अनुरोध पनि गरे ।
“अध्यारोबाट उज्यालो तिरको यात्रा, शिक्षाको लागि सांगितिक अभियान” लिएर आफु विभिन्न देशमा कार्यक्रम गरिरहेको जानकारी दिए । साथै उनले नेपालका विभिन्न जिल्लाहरुमा आफ्नो संस्थाले वालवालिकाहरुलाई छात्रबृद्धि दिइरहेको , विभिन्न समयमा शितलहर पिडितहरुलाई लक्ता कपडा वितरण गर्ने जस्ता कार्यहरु गरिरहेको बताएका थिए ।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै उनले मानव जिवन संरक्षण मञ्चले विभिन्न अभियान चलाएर प्रथामिक विद्यालय खोल्ने उद्देश्य रहेको पनि जानकारी दिए । साथै आर्थिक पारदर्शिताको लागि संस्थाले हरेक कुरा अभिलेख राखेर सार्वजानिक गरिने भन्दै त्यसमा शंका नगर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएन युएई अध्यक्ष सुदिप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ, नेपाली आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डेर राज तमु लगायतले कार्यक्रम सफल बनाउन आफुहरु संस्थागत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा एनआरएन आइसिसि केन्द्रिय प्रतिनिधि गोपाल कँडेल, नेपाली विजनेस काउन्सीलका कोषाध्यक्ष एकेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *