आफ्नै देश जाउ -एल एन सुबेदी

अहिले फेसबुकमा गजब गजबका समाचारहरु सम्प्रेषण हुन्छन् । खासमा ट्रंप नीतिको अमेरिकामा बस्ने आप्रबासीहरुलाई लिएर । नेपालीहरु कोही भन्छन् , छुटिमा गएकालाई एयरपोर्टमा रोकेको छ रे , कुनै समाचार – गैरकानूनि रुपमा बस्ने सबैलाई धपाउने रे ,कोही ग्रीन कार्ड भएकाहरुको पनि खैरात छैन । आधिकारिक समाचार के छ त्यसमा ध्यान छैन , आफू मनगणन्ते कुरा गर्छन् । भन्दा भन्दै अब अमेरिकाबाट कुनै तेस्रो मूलुक (यूरोप) तिर जाने रे ! कसैले समाचार हालेका छन् , ट्रंपले प्ले कार्ड बोकेर नेपाली आउनु पर्दैन , आफ्नै देशमा काम गर भनेर लेखेको ।

कानूनी रुपमा बैध हुने पेपर नहुनेलाई जे होला होला , काम गर्छु ,पक्रिए गईन्छ भन्ने छ । केहीलाई ऋणमा डुबेर आइएको छ , कसरी फर्स्याउने होला भनेर चिन्ता चाहिं छ । डिभी परेर आएका र अरु कुनै बाहना बनाएर यँहा पसेर जे जसो गरी ग्रीन कार्ड लिएकाहरु निकै अतालिएका छन् । आफ्नै देशको नागरिकता त्यागेर यहाको पासपोर्ट लिएका धेरै जसो गर्व गर्छन् , यहाँको सिटिजन हो हामी भनेर । साच्चै समाचार हेर्नेहरु चाहिं अहिले भाइरल भएको एउटा भिडियो हेरेर निसैलो मुख लगाउन थालेका छन् । त्यो भिडियोमा एउटा पत्रकारलाई तिमी यू एस सिटिजन भए पनि आफ्नै देशमा जाउ भनेको छ । सायद त्यही देखेर आत्मा सम्मानमा ठेस लागेको होला , आत्मा ग्लानी भएको होला तर ट्रंपले भनेको आफ्नै देशमा जाउ , पसिना आफ्नै देशमा बगाएर देश बनाउ , किन हात थापेर भिख माग्छौ , आफ्नो देश बने आत्मा सम्मान मिल्छ भन्या हो । आफ्नै सान शौकातमा बस भन्या हो । यो कुरालाई सकारात्मक रुपमा लिए हुदैन र ? तर मैले नबुझेको एउटा कुरा , नेपालीहरु किन आफ्नै देशमा गर्ब साथ फर्किन चाहदैनन् ? सगरमाथाको देश मेरो हो , बुद्ध जन्मिएको देश मेरो हो , विश्व हल्लाउने बहादुर गोर्खालीको देश मेरो हो भनेर किन गर्व गर्दैनन् ? नागरिकता त्यागेर बसेकालाई पनि हाम्रो देशमा फर्किएर बस्ने अधिकार छैन र ? दाल भात र तरकारी खाएर पनि बिहान बेलुकीको गर्जो टर्छ र आनन्दको जीवन यापन हुन्छ भने किन हिनता बोधले चिटचिट पसिना निकाल्नु ? के को स्वर्ग खोज्दै हिड्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *