तारा लक्सम लिम्बुको म्युजिक भिडियोमा चर्चित हट मोडल अलिशा राई

चिर परिचित गायक तारा लक्समको नयाँ”चुम्बकै हौकी” शिर्शक गीतको म्युजिक भिडियोको छायान्कन सम्पन्न भएको छ।

नेपाली तारा दोस्रो सिजनका दोश्रो नेपाली ताराको उपाधी जितेपछी सांगितिक क्षेत्रमा निरन्तर रुपमा लागि परीरहेका गायक हुन तारा लक्सम लिम्बु।मखमली चोली,गोप्य नाता नगाँस्नु है,मुटु भित्र र तिम्रो मुस्कानमा,म दिन तयार छु,जस्ता आधुनिक,लोक र पप फ्लेवरका गीतहरु उनको चर्चित गीतहरुमा पर्छन।

तारा लक्सम जस्तो सुकै कम्पोजका गीतहरुलाई पनि सजिलै सँग आफ्नो सुमधुर स्वरमा खेलाएर गाउन सक्छन भन्ने कुरामा कुनै दुई मत छैन।यिनै ताराले पछील्लो समयमा डीपी खनालद्वारा रचना बद्द गीतलाई आफ्नै संगीत र स्वरमा रेकर्ड गरेर तयार गरेका छन।

यो गीत उनको पहिलेको गीतहरु भन्दा भिन्न फ्लेवरको बनेको छ।दर्शक श्रोता र अहिलेको पुष्ताले रुचाई रहेको गीत संगीतको ट्रेन्डलाई पछ्याउदै उनले यो गीतलाई निकै मेहनतका साथ रेकर्ड देखी लिएर भिडियोको छायान्कनसम्म गरिसकेका छन। रिकेश गुरुङले संगीत सन्योजन गरेको उक्त गीतलाई दृष्य डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरेका छन भने मिक्सिङ मास्टरिङ् उज्जल महतले गरेका छन।

सागर राजले निर्देशन गरेको यस भिडियोमा अहिलेकी चर्चित हट मोडल अलिशा राई,सुनिल क्षेत्री र ग्रुपको नृत्य तथा अभिनय हेर्न पाईने छ भने अनिल क्युरेलको छायान्कन रहेको यो भिडियो चाँडैनै दर्शक श्रोताले हेर्न पाउने छन। तारा लक्समको “म दिन तयार”गीतको भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *