जनवरी १९ तारिक बिहिबार चलचित्र “सकुन्तला” युएईका हलमा लाग्ने

मोफसल सम्बाददाता –  नेपाली चलचित्र “सकुन्तला” जनवरी १९ तारिक बिहिबार युएईका बिभिन्न हलमा रिलिज हुने भएको छ । नारी संवेदना र लैङ्गिक विभेदलाई मुलभूत बिषय मानेर बनाइएको भनेर प्रचार गरिएको चलचित्र सकुन्तलामा महानायक राजेश हमालले नारी पात्रको भूमिकामा देखिएका छन ।

राजेश नै शकुन्तलाको भूमिकामा सारी र चोलो लगाएर देखापर्ने यस चलचित्रमा हमालका अलावा किशोर खतिवडा, अनु शाह, सूवर्ण स्मृती श्रेष्ठ, रवि गिरि, प्रदिप कुमार उदय, प्रदिप ढकाल र शिवन श्रेष्ठ रहेका छन् । निर्देशक दिनेश श्रेष्ठ, संगीत अर्जुन पोखरेल र माइकल चन्दको कोरियोग्राफि रहेको छ ।

युएईमा नेपाली सिनेमा पर्दशनीको बाताबरण कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदी , राजन अधिकारि सुबाशसिंह ठकुरी (अनिश) पहलमा सम्भब भएको हो | युएईमा नियमित चलचित्र पर्दशनीको सुरुवात अक्टोबर १४ तारिक देखि युएई लगाएत मध्यपूर्वका देशका सुरु भएको हो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *