नवबिवाहित जोडी खोज्दै गाउँमा

प्रकाश डोटेल
स्याङ्जा, २५ पुस

मानव जीवनको स्वास्थ्य महत्वपूर्ण र अमूल्य विषय हो । स्वास्थ्य रहन सके जीवनमा हरेक कुरा गर्न सकिन्छ, भनिन्छ “बाच्न पाए, नाच्न पाईन्छ” । मानवको यहि अमूल्य विषयलाई अभिबृद्धि गर्न जिल्लामा संचालित एक परियोजना नबबिवाहित जोडीको खोजीमा गाउँ गाउँमा जाने गरेको छ ।

परिवार नियोजनको महत्व बुझाउने र गर्भान्तर बढाऊने उद्देश्यले सन् २०१५ बाट स्याङ्जामा शुरु एचसिथ्री (स्वास्थ्य संचारमा क्षमता अभिबृति तथा सहयोग) परियोजनाले काम गरेको छ । कार्यक्रमलाई प्रभाबकारी बनाउन नबबिवाहित जोडीको पहिचान गर्दै परिवार नियोजन र अस्थायी साधनका बारेमा सचेतना फैलाऊदै आएको छ ।

“समुदायमा एक्कासी गएर परिवार नियोजन र अस्थायी साधनको उपयोगका बारेमा सुनाऊदा कसैले सुन्नै चाहदैन्न ।” परियोजनाका जिल्ला संयोजक रन बहादुर रानाले भने, “नबबिवाहित जोडी मार्फत परिवार नियोजनको महत्व र अस्थायी साधनको उपयोग प्रभावकारी हुन गएको छ ।”

परियोजनाले पुतलीबजार केन्द्रमा फेदीखोला, दार्सिङ् दहथुम, खिलुङ्–देउराली र अर्जुनचौपारी र मालुङ्गा केन्द्रमा जगत्रदेबी, निबुवाखर्क, पेलाकोट र श्रीकृष्णगण्डकी गरी ८ गाविसमा काम गर्दै आएको छ । स्वास्थ्य सेवामा पछाडी परेका आधारमा छनौट भएका गाविसमा झण्डै १५ प्रतिशत नागरिकले परिवार नियोजन र अस्थायी साधनको उपयोग गरेको परियोजनासँग तथ्याङ्क छ ।

परिवार नियोजन र अस्थायी साधनको प्रयोगमा नगन्य मात्रामा ३ प्रतिशत नागरिकले उपयोग आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार परियोजना लागू भएको करिब १५ महिनामा परिवार नियोजन र अस्थायी साधनका बारेमा सुन्नै नचाहने, लजाउने बानीमा आमूल परिवर्तन आएको छ ।

नबबिवाहित जोडीलाई परिवार नियोजन र अस्थायी साधनको पूर्ण ज्ञान समाबेश भएको बधाई कार्ड उपलब्ध गराएर स्मार्ट दम्पत्ति अभियानमा समाबेश गरेको छ । परिवार नियोजनको महत्व र अस्थायी साधनको प्रयोगले स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाबका बारेमा परियोजनाले बताउँदै आएको छ । परियोजनाले स्थानीय आमा समूह मार्फत हजार दिन भित्रका आमालाई केन्द्र बनाएर काम गरेको छ ।

“परियोजना संचालन पूर्वको वर्ष परिवार नियोजन र अस्थायी साधनको १६ शिविर चलाऊदा झण्डै १ सय महिला र पुरुष मात्रैले सेवा लिएका थिए ।” संयोजक रानाले भने, “परियोजनाले संचालन गरेको सचेतना अभियान र सहयोगले हालै भएको ७ शिविरमा १ सय ९३ इम्लान्ट र ३ आयुसिडीको प्रयोग लिएका छन् ।”

“शहरी र ग्रामीण इलाकाका क्लिनिकमा पुगेर गर्भ निरोधक साधन र सामाग्रीको प्रयोग गर्नेको संख्या संकलित थिएन् ।” स्वास्थ्य कार्यालय कमल प्रसाद पाण्डेले भने, “परियोजनाले गर्भ निरोधक सामाग्री प्रयोग गर्ने संख्या बृद्धि गारउने र तथ्याङकमा एक रुपता ल्याएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *