उधोगपति बिनोद चौधरीको मेकिगं इट विगको अग्रेजी संस्करण युएई सार्वजनिक

मोफसल  सम्बाददाता – चौधरी ग्रुपका अध्यक्ष एबम नेपालको पहिलो विलिनियर उद्योगपति बिनोद चौधरीको आत्मकथा समेटीयको कृति मेकिगं इट विगको अग्रेजी संस्करण युएईमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ |

युएईको ठुलो ब्यापारिक मल  दुबईमलको किनोकुनिया बुकस्टोरमा जनवरी ५ तारिक नेपाली दूतावास अबुधावीका कार्यबाहक राजदूत नेत्र बहादुर टन्डनको बिशेष उपस्थितिमा विमोचन गरिएको थियो |

कार्यक्रममा युएईका सामाजिक संघसंस्था , समाजसेवी संचारकर्मी एबम व्यावसायीहरुको बाक्लो  उपस्तिथी रहेको थियो | कार्यक्रम गैर आवासीय नेपाली संघ युएईको सहकार्यमा एबम  मोफसल मिडिया ग्रुपको ब्याबस्थापनमा भएको चौधरी ग्रुपका लागि युएईका सिनियर मेजेजर साहिल मानसिंह प्रधानले बताए |

मेकिगं इट विग पुस्तकको  अंग्रेजी संस्करणले सन २०१३ पछिका नयाँ विवरणहरु समेट्नुका साथै भारत एवं अन्यत्र पनि उनका पछिल्ला व्यावसायिक विस्तार, सफलता,  संघर्ष लगाएत  विभिन्न कुराहरु समेटिएको विनोद चौधरीले बताए ।

कार्यक्रममा उनले आफु यस  ठाउँ सम्म आउदा गरेको संघर्ष र सुरुवातको अवस्थालाई सम्झदै  भने मेरो आफ्नो नेपाली  संस्करण पुस्तक पढे पछि सबैको राम्रो प्रतिक्रिया  पाउदा धेरै खुसी छु त्यसैले अंग्रेजी संस्करण पनि पढि प्रतिक्रिया दिनु होला । चौधरीको  मेकिङग इट विगको नेपाली सस्करण पुस्तक नेपालमा सबै भन्दा धेरै बिक्री भएको पुस्तक हो ।

बिनोद चौधरी आत्मकथा पुस्तकलाई नेपाली सस्करण नेपालयले र अंगेजी सस्करण पेन्गुइन इन्डियाले  प्रकाशन गरेको हो | कृति पत्रकार सुदिप श्रेष्ठको सहकार्यमा लेखियको हो । मेकिगं इट विगको अग्रेजी संस्करण पुस्तकलाई अनुवाद पत्रकार संजीव घिमिरेले गरेका हुन | फोर्ब्सले उनलाई उल्लेख गर्दै उनको परिवारलाई सन् २०१३ मा विश्वकै अर्बपतिहरुको सूचीमा समावेश गरेको थियो । त्यतिबेलादेखि नै उनले फोर्ब्समा उल्लेखित नेपालका पहिलो र अहिलेसम्म पनि एक्ला अर्बपतिको पहिचानलाई कायम राख्दै आएका छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *