नेपाल पत्रकार महासंघ युएई को पाँचौ अधिवेसन सम्पन्न, अध्यक्षमा बस्याल

 दुबई÷नेपाल पत्रकार महासंघ युएई शाखको पाँचौ अधिवेशन भुपराज बस्याललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव ध्रुव लम्सालको प्रमुख आतिथ्यमा दुबईको एक रेष्टुरेन्टको सभाहलमा ३० डिसेम्बरमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सहसचिवमा नारायाण भुर्तेल र कोषाध्यक्षमा दिनेश आचार्यलाई चयन गरेको छ । अधिवेसनले निमकान्त पाण्डे, मोहन बस्याल, खिमलाल पाण्डे र दामोदर दाहाललाई सदस्यमा चयन गरेको छ भने केन्द्रिय प्रतिनिधीमा हरि नेपाली र विनोद श्रेष्ठ रहेका छन् ।

नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव लक्ष्मण खनालले गरेका थिए । शाखाका सहसचिव हरि नेपालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कोषाध्यक्ष मेघराज सापकोटाको आर्थिक प्रतिवेदन र सचिव लक्ष्मण खनालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *