पथरीमा ब्याडमिन्टन कबर्डहलको शिलान्यास

पौष १ गते
पथरी । पथरीशनिश्चरे–१ स्थीत बजारमा ब्याडमिन्टन कबडहल शिलान्यास भएको छ ।
मोरङ क्षेत्र नम्बर २ का सभासद चण्डीप्रसाद राईले शुक्रबार सुनाखरी माविको संरक्षित जग्गामो शिलान्यास गरेको हो । सभासद राईले कबर्डहलको पिल्लर गाड्दै सिमेन्ट र इटा राखेर भवनको शिलान्यास गरेको थियो ।
सुनाखरी माविको संरक्षित ३ कट्ठा जग्गा कबर्डहल बन्न लागेको हो । पथरी ब्याडमिन्टन क्लबले १० बर्षे लिजमा लिए पछि क्लबले ६० लाख बराबरको रकममा भवन बनाउन लागेको क्लबका अध्यक्ष टंक बहादुर गुरुङले बताए ।
३२ फिट उच्चाई र ७० फिट चौडाइ र ८५ फिट लम्बाइको डबल कोड ( दुवै तिर एकै समयमा खेल्न सकिने) भएको भवन बनाउन लागेको हो ।
कबर्डहल बनाउन क्लबका सदस्यहरु, स्थानीय व्यापारीहरुबाट चन्दा संकलन गरेर बनाउन लागेको क्लबका सचिव टंक सुब्बाले बताए । शिल्यानस कार्यक्रममा पथरीका बुद्धिजिवि तिलक बान्तावा राईले भवन बनाउन १ लाख दिने घोषना गरेका छन् ।
शिलान्यास कार्यक्रममा उद्योग बाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङ, नगरपालिकाका अधिकृत विनोद भण्डारी, नेपाली कांग्रेसका नगर सचिव दुर्गा भट्टराई, एमाले नगर अध्यक्ष रमेश दाहाल, समाजसेवी तिलक वान्तवा, किशोर राई लगायतले उपस्थीत रहेका थिए ।
तस्वीर : गोपाल काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *