मोफसल संवाददाता
युवा साहित्यकार तथा गीतकार स्टारहाङ बान्तवा ‘जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ‘मनको जलन’ नामक गीति एल्बम लिएर दर्शक माझ चाँडै आउने भएका छ ।
एल्बममा समाबेश गरिने सबै गीतहरुको रेकर्डिङ कार्य सम्पन्न भैसकेको र गीतहरु मिठासपुर्ण रहेको गीतकारले बताए । उक्त एल्बममा ५ वटा गीतहरु समाबेश गरिएका छन् ।
गीतमा राज खड्काले संगीत दिएका छन् । नेपालकै चर्चित गायकहरु दीपक लिम्बू, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना राई र सुमिना लो ले गाएका छन् ।
गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकार स्टारहाङले बताएका छन् । त्यसै अनुरुप पहिलो म्युजिक भिडियो गायक प्रमोद खरेलको स्वरमा रहेको ’मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति’ बोल रहेको गीतको म्युजिक भिडियो तयार भइसकेको उनले बताए ।
उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ । हरिनारायण चौधरीको छायाँकन रहेको भिडियो चोभारको रमणिय स्थलहरुमा छायाँकन गरिएका छ ।
दोस्रो म्युजिक भिडियो मेलिना राईको स्वरमा रहेको ‘सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी’ बोल रहेको गीतको पनि म्युजिक भिडियोको पनि छायांकन पनि सम्पन्न भैसकेको छ ।
उक्त गीतको म्युजिक भिडियोमा सुन्दर लावतीको निर्देशन रहेको छ भने छायाँकन पनि आफैले गरेका हुन । भिडियो मलेसियाको विभिन्न सहरहरुमा सुटिङ गरिएकोले भिडियो आकर्षक हुने गीतकारले बताए ।
पहिलो गीतको मोडलिङमा मोडेल मन्जिता केसी रहेकी छिन् । मोडेल मन्जीतालाई साथ दिएका छन् मोडल बाबु मगरले । बाल कलाकारको भूमिकामा रियाज भण्डारीलाई हामी देख्न सक्नेछौँ भने दोस्रो गीतको मोडलिङमा मोडेल कसिस दाहाल रहेकी छिन् । कसिसलाई साथ दिएका छन् मोडेल राजेश तामाङले ।
अन्य गीतहरु दिपक लिम्बुको स्वरमा रहेको ‘मृगनयनी आँखा उनको हरिणको चाल’ र राज खड्का र सुमिना लो को स्वरमा रहेको ‘नक्कलीले कर्के नजर हानेर पो मार्यो’ को म्युजिक भिडियो पनि सुरु गर्ने बताए ।
दुबै गीतको म्युजिक भिडियो पनि मलेसियामा नै छायाङ्कन हुने गीतकारले बताए । बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको ‘भोजपुरको सुन्तला मिठो ईलामको चिया’ र फिमेल भर्सन सुमिना लो को स्वरमा रहेको ‘मुटु झिकेर कसरी दिउ तिम्रो खुशीको लागि’ बोल रहेको गीतको म्युजिक भिडियोको लागि पनि आफू तयारीमा जुटेको गीतकारले बताए ।