किरावि संघको सम्मेलन इलाममा समापन, किरात राज्य प्राप्ति गरेरै छाड्ने गर्ने प्रतिवद्धता

मोफसल अनलाइन संवाददाता
मंसिर ३० गते
इलाम । किरात स्वायत्त राज्य प्राप्त गरेरै छाड्ने प्रतिवद्धता सहित किरात राई विद्यार्थी संघको आठौं राष्ट्रिय सम्मेलन समापन भएको छ ।
मंसिर २६, २७ र २८ गते इलाममा भएको आठौँ राष्ट्रिय सम्मेलनले पहिचान सहितको संघीय राज्य र त्यस भित्र किरात स्वायत्त राज्य प्राप्त गरेरै छाड्ने युवा विद्यार्थीहरुले सामुहिक प्रतिबद्धता गरेका छ । ‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’को साथ सम्मेलन भएको थियो ।
सम्मेलनले जातीय जनसंख्याको आधारमा कर्मचारी नियुक्त गर्नुपर्ने लगायतको २४ बुँदे इलाम घोषणापत्र जारी गरेको छ । स्ववियुको निर्वाचन पूर्ण समानुपातिक निर्वाचनको प्रणालीको आधारमा गरिनुपर्ने, संविधनमा त्रैभाषिक नीतिको व्यवस्था गरिनु पर्ने, बहुभाषिक विश्वविद्यालयको लागू गरिनुपर्ने, धर्मनिरपेक्षता व्यवस्था गरिनुपर्ने, शैक्षिक माफिया तथा शिक्षामा ब्यापारिकरण गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ । प्रस्तावित किरात स्वायत्त राज्य भित्र किराती भाषा र मनोविज्ञान बुझ्ने प्रमुख जिल्ला अधिकारीको व्यवस्था गरिनुपर्ने, संघका बेपत्ता संस्थापक अध्यक्ष नवीन राईलाई तत्काल सार्वजनिक गर्न घोषणापत्र मार्फत माग गरिएको छ ।

सम्मेलनको भब्य उद्घाटन
संघको मंसिर २६ गते इलाम बजारमा बृहत कार्यक्रमको आयोजना गरी उद्घाटन भएको थियो । इलाम बजारदेखि टुडिखेल, टुडिखेलदेखि पुःन चौक पुगेर आमसभामा परिणत भएको थियो । ¥यालीमा किरात स्वायत्त राज्य—सुनिश्चित गर, पहिचानवादी शक्ति—एक होऔं, पहिचान विरोधी—होसियार लगायतको नारा ल
गाएका थिए ।
सोही नारा लेखिएका ल्पेकार्ड समेत बोकेका थिए । ¥यालीमा करिव दुई हजारको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागि हुन पूर्वी नेपालको हरेक जसो जिल्लाबाट प्रतिनिधि पर्यवेक्षक सहभागि रहेका थिए ।

उद्घाटन कार्यक्रमको प्रमख अतिथि समेत रहेका संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्रीप्रसाद जवेगुले शान्ति र सम्बृद्धिको लागि उत्पीडित जनता एकजुट हुनुपर्ने बताए । सम्मेलन आयोजक समितिका संयोजक अर्जुन जम्नेली राईको सभापतित्वमा भएको कार्यक्रममा पूर्व संस्कृति मन्त्री गोपाल किरातीले पहिचानवादी शक्ति एकजुट भएर कडा संघर्षमा नलागेसम्म राज्य प्राप्त गर्न नसकिने बताए ।

किरातीले नेकपा (माओवादी केन्द्र)मा समेत पहिचान विरोधीहरु रहेको उल्लेख गरे ।
कार्यक्रममा तत्कालीन विराटनगर उपमहानगरपालिका उपमेहेर तथा संघीय समाजवादीका नेता भूराज राईले घोषित संविधान नश्लवादी भएको आरोप लगाउदै संशोधन गर्नुपर्ने बताए ।

संघका संस्थापक भीम राईले गंगलाल श्रेष्ठलाई फाँसी दिने ब्राह्मणहरुलाई चारपाटा मोडेर छाड्ने राज्य सत्ता घोर साम्प्रदायिक भएको बताए । संघका संस्थापक अध्यक्ष नवीन राईलाई तत्काल सार्वजनिक गर्न माग गर्दै किराती समुदायमा हजारौं हजार नवीनहरुको जन्म भइरहेको बताए ।

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राई, आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय अध्यक्ष डुजाङ्ग शेर्पा, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष अबोध लिम्बू लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल, स्थानीय विकास अधिकारी धुर्बबहादुर खड्का, जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम, प्रहरी प्रमुख एस.पी. सुकलाल यादव, शसस्त्र प्रहरी प्रमुख डीएसपी चेतराज जोशी लगायतको उपस्थिति रहेको थियो ।

जीवन मरणको संघर्ष आवश्यक

संघको बन्दसत्रमा संयोजक अर्जुन जम्नेली राईले २७ पृष्ट लामो सांगठनिक प्रतिवेदनमा किरात स्वायत्त राज्य प्राप्तिको लागि जीवन मरणको संघर्ष आवश्यक रहेको बताए ।

किरात स्वायत्त राज्य प्राप्तिको संघर्ष चलिरहेकै बेला घोषित संविधानमा किरात राज्य नभएको उल्लेख गर्दै किन आएन संमीक्षा गर्दै कडा आन्दोलनमा होमिनु पर्ने उल्लेख छ ।

अध्यक्षमा बिर्सिका निर्वाचित

संघको आठौँ राष्ट्रिय सम्मेलनले बिर्सिका राईको अध्यक्षतामा ३७ सदस्यीय केन्द्रीय समिति र ५७ सदस्यीय केन्द्रीय परिषद गठन भएको छ । समिति सर्वसहमतिको आधारमा निर्वाचित भएका हुन ।
समितिको उपाध्यक्ष जितेन राई, रामचन्द्र राई, महासचिवमा शोभित राई, सचिवहरुमा रविन राई, सुसन राई, कोषाध्यक्ष प्रविणा राई, सहकोषाध्यक्ष सन्तोष मुक्मिन राई लगायतको समिति बनेको हो । दुई बर्षको कार्याकल रहेको समितिमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो ।
अध्यक्ष राई संघको केन्द्रीय परिषद सदस्य, केन्द्रीय सदस्य, महिला विभाग प्रमुख, महासचिव, उपाध्यक्षहुदै अध्यक्ष बनेका हुन् । गौतम बुद्ध हलमा भएको बन्दसत्रमा साढे ५ सय प्रतिनिधि पर्यवेक्षक सहभागि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *