संबिधान संशोधनलाई थाती राखेर चुनावमा जानु पर्छ : गध्छदार

मंसिर २९ गते
विराटनगर÷ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुख्य दलहरुबीच सहमती नजुटे संविधान संशोधनको कार्यलाई हालको अवस्थामा थाती राखेर चुवानमा जानु पर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष गच्छदारले, संविधान संसोधनको विषयमा दलविच मतभेद वढदै गएकाले सहमती नभए संविधान संशोधनलाई थाती राख्दै तीनै तहको निर्वाचनमा जाँदा उपयुक्त हुने धारणा राखे ।

अध्यक्ष गच्छदारले संविधान संशोधन गर्ने विषयमा प्रमुख प्रतिपक्ष एमाले र सत्ता पक्ष नेपाली काँग्रेस र माओवादी केन्द्रवीच राजनितिक द्धन्द वढेको वताए । संविधान कार्यान्वयका लागी पनि निर्वाचन आवश्यक भएकाले मुख्य तीन दलले पनि सहमती कायम गरेर निर्वाचनको वातावरण वनाउनुपर्ने उनको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *