पथरीशनिचरेमा चासोक तङ्नामको समापन

मंसिर २८ गते
पथरी । तिन दिन अघि देखि सुरु भएको चासोक तङ्नाम पुङ्सोक उत्सव उधौली पूजा विविध कार्यक्रम गरी समापन भएको छ ।
पथरीशनिचरे–८ स्थीत सिरिजंगा स्मृति धार्मिक बनमा आइतबार आइतबार देखि सुरु भएको तङ्नाम पुङ्सोक उत्सव उधौली पूजा कार्यक्रम मंगलबार समापन भएको हो ।
तिनदिने कार्यक्रमको तालिका आयोजकले सार्वजानीक गरी कायृक्रम प्रत्येक दिन गदै आएको थियो । तङ्नामको उद्घाटन आइतबारको पहिलो दिन राजकुमारी साबा स्मृति र मनमाया तुम्बाहाम्फे स्मृति पुरुष भलिबाल खेल र आर्थिक लिम्बू स्मृति महिला भलिबल खेल भएको थियो ।
त्यसैगरी दोस्रो दिन उधौली पूजाको लागि अक्षेता र भेटी जम्मा गर्ने, आपौचारीक कार्यक्रम उदघाटन् गरी लिम्बू जातिको सांस्कृतिक केलाङ,माङलाङ,येवालाङ,याराक्लाङ,हाक्पारे ख्याली साथै लिम्बू जातिको ऐतिहासिक खेल पम्लुङ लेप्मा,हप्रिङ लक्मा,लितोङ,आप्मा र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रमको अन्तिम दिन मंगरलबार कार्यक्रममा सहभागी भएर पहिलो र दोस्रो हुनेलाई दुइ दर्जनलाई पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरेका थिए । किरात याक्थुङ चुम्लुङ पथरीशनिचरे नगरशाखाको आयोजना र सिरिजंगा स्मृति धार्मिक बन व्यवस्थापन समितिको सहआयोजकमा तिन दिने कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *