क्यान्सर पिडितलाई “फेन्स अफ नेप्लिज फुटबल समुहको सहयोग

गोपाल काफ्ले पथरी
मंसिर २१,
क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित मोरङ पथरी शनिश्चरे ८ जिरिखिम्ती निवासी १२ वर्षीय उत्सव धिमालको उपचारका लागी मलेसियामा श्रम गरिरहेका नेपालीहरुबाट संकलित रु ४३,६९८ रकम प्राप्त भएको छ ।

आर्थिक स्थिति दयनीय रहेको कारण उत्सव धिमालको उपचारमा कठिनाइ भाएको खबर बिभिन्न सञ्चारमाध्यम मार्फत जानकारी पाएपछि “हाम्रो दमक डटकम” का मलेसिया सहकर्मी ज्ञानेन्द्र कुरुम्भङ पखेरे कान्छा र मलेसियामा नै रहनु भएका “फेन्स अफ नेप्लिज फुटबल समुह” का संस्थापक राजेन्द्र धिमाल (राज धिमाल नोन्निया) को पहलमा सो रकम संकलन गरिएको थियो । मलेसियालाई कर्म थलो बनाउनु भएका “फेन्स अफ नेप्लिज फुटबल ग्ररुपका सदस्यहरु र अन्य केहि नेपालीहरुले स्वतस्स्फुर्त रूपमा रकम सहयोग गरेको “फेन्स अफ नेप्लिज फुटबल समुह”का सम्पादक राजेन्द्र दाहालले बताउनु भयो ।

उत्त रकम संयोजक साजन धिमाल र बिरामिका बाबु छत्र बहादुर धिमाललाई एक कार्यक्रमका बिच हस्तन्तरण गरिएको छ ।  फेन्स अफ नेप्लिज फुटबल समुहले स्थापनाकाल देखिनै यस्ता सामाजिक कार्यमा सहयोग गदै आएको र भाबि दिनहरुमा नि सहयोग गर्ने  संपादक सुरेन्द्र दाहालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *