क्यान्सर पिडितलाई सहयोग जुट्दै

मंसिर २६ गते

पथरी÷ मोरङ पथरीशनिशचरे–८ स्थीत जिरिखिम्तीका १२ वर्षीय उत्सव धिमालको उपचारका लागी थप सहयोग जुटेको छ ।
आइतबार बयरवन र केरौनका व्यवसायीहरुबाट संकलित रकम १३हजार ६०० रुपैया एक कार्यक्रमका विच बयरवनको रमाइलोमा उत्सवको आफ्न्तलाई हस्तान्तरण गरेको हो । सो बराबरको रकम उत्सवको बुबा छत्रबहादुर धिमाल र उत्सव बचाउ अभियानको अध्यक्ष साजन धिमाललाई केरौन निवासी व्यवसायी प्रकास धिमालले हस्तान्तरण गरेको हो ।
व्यवसायीहरु धिमालसमुहका प्रकास धिमाल, कमल धिमाल, बिनोद धिमाल, सोरे धिमाल (सुर्य), अमर धिमाल, छबिलाल धिमाल, भबिन धिमाल, इन्द्र धिमाल, लोकबहादुर धिमाल र जयलाल राजबंशिबाट रकम संकलन गरेको प्रकास धिमालले बताए । नेपालमा रहेका र नेपालबाट विभिन्न देशमा गएकाहरुले यस अघि पनि सहयोग जुटि सकेको छ । एब बर्ष अघिबाट क्यान्सर रोगबाट पीडित १२ बर्षीय उत्सव धिमालको भारतको बम्बाईको टाटा मेमोरियल हस्पिटलमा उपचार भैरहेको परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *