नेफ्टा फिल्म अवार्डमा आफना शुभचिन्तकहरुलाई बोलाए कलाकारले

मोफसल सम्बाददाता – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करण सफल बनाउन कलाकारहरुले आफना शुभचिन्तकहरुलाई आग्रह गरेका छन |

नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि अपिसियाली मिडिया पाटनर मोफसल मिडिया ग्रुपको युटुप च्यानलबाट महानायक राजेश हमाल , नायक अनुपबिक्रम शाही ,सलोन बस्नेत नायिका मलिना जोशी , मोडल माला लिम्बु , कलाकार तथा निर्देशक शंखर बिसी लगाएतले युएईमा रहेका आफना शुभचिन्तकहरुलाई अवार्ड समारोहमा  सहभागी भई दिन आग्रह गरेका छन |

दुबईको अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा अवार्ड  समारोह हुदैछ | समारोहलाइ सफल बनाउन आयोजकले युएईका अबुधावी , अल्लेन , रसखेमा र फुजेरामा डिसेम्बर १५ तारिक सम्म टिकट खरिद गर्ने दर्शकलाई निशुल्क यातयातको ब्याबस्था गरेको आयोजक सालिक सुबेदीले बताएका छन | कार्यक्रममा नेपाल बाट १२० भन्दा धेरै कलाकार , प्राबिधिक , पत्रकार ,आयोजक संघका पदाधिकारी एबम नेपाल सरकारका प्रतिनिधि कार्यक्रममा उपस्थित हुदै छन |

युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न हुन लागेको नवौं संस्करण नेफ्टा फिल्म अवार्डको युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी राजन अधिकारी र सुबाश सिंह ठकुरी (अनिश) ले गर्ने भएका छन |

प्राबिधिक संघले बिदेशमा बसीरहेका नेपालीहरुको ईच्छानुसार नेफ्टा फिल्म अवार्र्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि हामि कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनि र स्पेक्ट्रम एडभरट्राइंङ्घ एण्ड मिडिया कन्सल्टेट संगको सहकार्यमा गरिरहेको छ | नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्ना एवार्डको यस अघिका एवार्ड वितरण समारोह कतार, मलेसिया र हंककंगमा भएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *