विरेन्द्रनगर क्रिकेट क्लबद्धारा उत्सवलाई सहयोग

पथरी, २० मंसिर / क्रिकेटका गतिविधिमा पूर्वाञ्चलमा चिनिन थालेको मोरङको पथरीशनिश्चरेस्थित विरेन्द्रनगर क्रिकेट क्लबले टाउकाको क्यान्सर भएर आर्थिक अभावमा उपचारमा समस्या भएका उत्सव धिमाललाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

bbbbb

सोही नगरको जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सवको उपचारका लागि क्लबकातर्फबाट अध्यक्ष राजेश कुइकेलले उत्सवका बुबा छत्रबहादुर धिमाल र उत्सव वचाउन अभियान समितिका संयोजक साजन धिमाललाई आज सो रकम हस्तान्तरण गर्नुभएको छ ।

सो क्लबले यसअघि पथरीशनिश्चरे ५ का दुवै मृगौलामा समस्या भएका २६ वर्षीय रविन तामाङको उपचारका लागि देउसी खेलेको रकम प्रदान गरेको छ ।

देउसीबाट उठेको ३५ हजार रकममध्ये तामाङलाई मृगौला प्रत्यारोपणमा सहयोग पुर्याउने अभियान सहित तत्काललाई ६ हजार रुपैयाँ प्रदान भएको छ ।

साथै तामाङलाई आत्मनिर्भर र जीवनप्रति उत्साहित हुनका लागि क्लबले न्यूमुन एण्ड दर्पण एकाडेमी दमकमा हेयरकटिङको तालिमका लागि रकम प्रदान गरेको क्लब अध्यक्ष कुइकेलले बताउनु भएको छ ।

स्थानीय एभरेष्ट माविमा कक्षा ६ मा अध्ययरत विपन्न परिवारका उत्सव ब्रेन ट्यूमरबाट क्यान्सर भएर बम्बईको टाटा मेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्छ । देश र विदेशबाट गरी हालसम्म ५ लाख ४४ हजार २३ रुपैयाँ सहयोग संकलन भएको अभियान संयोजक साजन धिमालले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *