गजल , उनैको साथ् पाउन मन लाग्यो

15356096_1505327319496008_519641005_nचह चह कराउदै ऊडने चराचुरुंगी संग मितेरी लाउन मन लाग्यो
माया प्रेममा जीवन संगेनी संग दिलको कुरा बहाउन मन लाग्यो

कुहु-कुहु गर्दै गाउदै हिड्ने कोइली सरह यो मन मस्तिष्क लाइ
उनै संग सपनीमा हराउदै संसार विचरण गर्दै धाउन मन लाग्यो

हरिया बन-पाखा, पखेरु र पधेरामा माया प्रितीमा उनै संग रमाउदै
हर पल हर छण उनै संग एउटै छातामा हराउदै छाउन मन लाग्यो

स्वछन्द ति जंगलमा रम्दै सौन्दर्य बिखर्दै नाची हिड्ने मयुर सरह
यो दिलमा उनैलाइ सजाउदै उनै संग रम्दै नाच्दै गाउन मन लाग्यो

कल-कल, निस्चल बगी हिड्ने ति झरना, नदि संग आफुलाई हराउदै
सदा,सर्बदा,हर जुनी र जन्ममा उनैसंगको साथ पाउन मन लाग्यो

राज भण्डारी (विवश)
नवलपरासी
(हाल- दुबई, युएई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *