आयोजकले नेफ्टा फिल्म अवार्र्डका दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गर्ने

postarमोफसल सम्बाददाता – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणका लागि कार्यक्रममा आउने दर्शकका लागि आयोजकले निशुल्क यातायातको ब्यबस्था गर्ने भएको छ |

युएईका मुख्य शहर अबुधाबी , अल्लेन , रसखेमा , फुझेराबाट डिसेम्बर १५ तारिक सम्म टिकट खरिद गर्ने सम्पूर्ण दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गरिएको कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका राजन अधिकारीले मोफसललाई बताए |

नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणकालाई सफलबनाउन आयोजकले बिभिन्न स्थलगत सुझावहरु संकलन गरिरहेको  कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका राजन अधिकारीले जानकारी गराउदै नेपाल र नेपालीको प्रतिष्ठालाई उच्च बनाउन सबैको सहयोगको अपेक्षा गरिएको बताए |

अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा नेफ्टा फिल्म अवार्ड  समारोह हुदैछ |समारोहलाइ सफल बनाउन आयोजकले नोभेम्बर २८ तारिक देखि टिकट बिक्री सुरु गरिसको छ | नेपाली चलचित्रको इतिहासमा अविस्मरणीय बनाउने बताउदै कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका सालिक सुबेदीले कार्यक्रमको ब्याबस्थापनमा कुनै सम्झौता नगरिने बताए | अवार्ड समारोहका लागि   पचास देखि पाँच सय रुपैया सम्मका टिकटको ब्यवस्था गरिएको छ |

नेफ्टा फिल्म अवार्डको नवौं संस्करण युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न गर्न  युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी राजन अधिकारी र सुबाश सिंह ठकुरी (अनिश) ले गर्ने भएका छन | युएईका लागि मोफसल मिडिया ग्रुप अपिसियलि मिडिया पाटनर रहेको छ |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *