छक्का पन्जाको अर्को रेकर्ड- बिदेशमा लामो समय सम्म चल्ने पहिलो नेपाली चलचित्र

मोफ6kaa-660x330सल सम्बाददाता – चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । युएईमा एक महिनामा सम्म नियमितरुपमा ‘छक्का पन्जा’ पर्दशन हुने पक्का भएको छ | बिदेशमा लामो समय सम्म पर्दशनी हुने नेपाली चलचित्र छक्का पन्जाले रेकर्ड बनाएको हो |

नेपाली फिल्म हलमा व्यावसायिक रुपमा सफल फिल्म छक्कापञ्जा युएईमा नोभेम्बर ११ तारिक देखि नियमित पर्दशनी हुदै छ । छक्का पन्जा’ चलचित्र दुबाई , अबुधाबी ,फुजेराह , रसअलखेमा , अलऐन, अजमान , अलकोजका बिभिन्न हलमा पर्दशनी भएको थियो | पछिल्लो समय छक्का पन्जा बरदुबईको क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल र अबुधाबीमा नियमित पर्दशनी हुदै आएको छ | भक्स सिनेमा हलले डिसेम्बर ७ तारिक सम्म नेपाली चलचित्र छक्का पन्जाको पर्दशनी समय सार्वजनिक गरिसकेको छ |15319260_10210921268377245_5348483083701110255_n

युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा अक्टोबर १४ देखि नेपाली चलचित्र कानुनी अनुमति लिएरै प्रदर्शन सुरु गरिएको थियो |

नेपाली चलचित्र हास्यव्यंग्य स्लोगनमा  बनेको यो फिल्मको  निर्देशन दीपाश्री निरौलाले गरेकी हुन । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो फिल्मले हाम्रै समाजको यथार्थलाई पनि प्रस्तुत गरेको छ । केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउतलगायत कलाकारको अभिनय गरेका छन |युएई लगाएत मध्यपूर्वका देशमा नेपाली सिनेमा पर्दशनीको बाताबरण कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्यटर्र्स नेपालका सालिक सुबेदी राजन अधिकारी र सुबाश सिंह ठकुरी (अनिश) ले गर्ने भएका छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *