नेफ्टा फिल्म अवार्डको नवौं संस्करणको प्रचारप्रसारका लागि पोस्टर एबम प्रोमो सार्बजनिक

postarमोफसल सम्बाददाता – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करणको प्रचारप्रसारका लागि पोस्टर एबम प्रोमो सार्बजनिक गरेको छ |

नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि अपिसियाली मिडिया पाटनर मोफसल मिडिया ग्रुपको युटुप च्यानलबाट प्रोमो सार्वजनिक गरिएको हो | दुबईको अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा अवार्ड  समारोह हुदैछ |समारोहलाइ सफल बनाउन आयोजकले नोभेम्बर २८ तारिक देखि टिकट बिक्री गरिसकेको छ | पचास देखि पाँच सय रुपैया सम्मका टिकटको ब्यवस्था गरिएको कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका राजन अधिकारीले मोफसललाई बताए | टिकट युएईका सम्पूर्ण राज्यमा आधिकारिक प्रतिनिधि बाट बिक्री हुने आयोजकले बताएका छन |

नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण कार्यक्रमलाई सबैकालागि सहज बनाउन बिभिन्न स्थानबाट शसुल्क यातायातको ब्यबस्था गरिने आयोजकले बताए |

नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण कार्यक्रमका  लागि पन्ध्र लाख धिराम सम्म खर्च लाग्ने अनुमान गरिएको छ । आयोजकले आधा प्रायोजकबाट तथा आधा टिकटबाट संकलन गर्ने योजना बनाएको आयोजले जानकारी गराएका छन |

युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न हुन लागेको नवौं संस्करण नेफ्टा फिल्म अवार्डको युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी राजन अधिकारी र सुबाश सिंह ठकुरी (अनिश) ले गर्ने भएका छन |

प्राबिधिक संघले बिदेशमा बसीरहेका नेपालीहरुको ईच्छानुसार नेफ्टा फिल्म अवार्र्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि हामि कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनि र स्पेक्ट्रम एडभरट्राइंङ्घ एण्ड मिडिया कन्सल्टेट संगको सहकार्यमा गरिरहेको छ | नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्ना एवार्डको यस अघिका एवार्ड वितरण समारोह कतार, मलेसिया र हंककंगमा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *