नेफ्टा फिल्म अवार्डको नवौं संस्करणको टिकट सार्बजनिक , अवार्ड समारोह अगाडी नै टिकट बिक्री बन्द गरिने

मोफसल सम्बाददाता – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करण आयोजना हुन पच्चीस दिन अगाडी नै आयोजकले कार्यक्रमको लागि प्रबेस टिकट सार्बजनिक गरेको छ |15179120_10210901226196203_7288599459093627131_n

नेपालका १२० भन्दा धेरै स्टारकलाकार , प्राबिधिक , पदाधिकारी ,संचारकर्मी व्यावसायिको एबम नेपाल सरकार एबम युएई सरकारका  प्रतिनिधिको उपस्तिथिमा नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण हुदैछ | दुबईको अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा अवार्ड  समारोह हुदैछ | आज देखि किन्न पाइने  पचास देखि पाँच सय रुपैया सम्मका टिकटको ब्यवस्था गरिएको कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका राजन अधिकारीले मोफसललाई बताए |

नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण कार्यक्रमका  लागि पन्ध्र लाख धिराम सम्म खर्च लाग्ने अनुमान गरिएको छ । आयोजकले आधा प्रायोजकबाट तथा आधा टिकटबाट संकलन गर्ने योजना बनाएको आयोजले जानकारी गराएका छन |

नोभेम्बर २४ तारिक आयोजकले नवौं संस्करण भब्य र शब्य बनाउन युएईमा क्रियासिल सामाजिक संघसंस्था ,ब्यबसायी , समाजसेवी एबम पत्रकार संग भेटघाट कार्यक्रम गरेर नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणको टिकट आज सार्बजनिक गरिने  जानकारी गराएको थियो | सामाजिक संघसंस्थाले  नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणलाई  नेपाल अनि हाम्रो नेपाली सामाजिक सास्कृतिक ,कला तथा मौलिक पहिचानको प्रबर्द्धन एबम प्रस्तुति गर्ने कार्यक्रमहरु भएकाले सफल बनाउने हाम्रो कर्तव्य रहेको भन्दै सहयोग गर्ने  प्रतिबद्धता जनाएका थिए |

युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न हुन लागेको नवौं संस्करण नेफ्टा फिल्म अवार्डको युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी राजन अधिकारी र सुबाश सिंह ठकुरी (अनिश) ले गर्ने भएका छन |

आयोजकले अतिथिको  खाना बस्नको लागि फोरस्टार होटल रोटनामा बुकिंग भई सकेको, सेबनस्ट्रार इभेन्ट कम्पनि संग इभेन्ट सम्झौता, युएई भिसा , हवाई टिकट एबम इभेन्टको लागि कानुनी प्रकिया पुरा गरिसकेको आयोजकले जानकारी दिदै टिकट कहाँ कहाँ पाउने चाडै सार्वजनिक गर्ने बताएका छन |

आज बाट टिकट बिक्री शुरु हुने र कार्यक्रम हुनु भन्दा केहि दिन अगाडी नै टिकट बिक्री बन्द गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रम स्थलमा तीन हजार तिन सय जना बस्न सक्ने क्षमता रहेको जानकारी दिदै अधिकारीले कार्यक्रममा आउन चाहनेको संख्या धेरै रहेकाले अग्रिम टिकट बिक्री गर्ने योजना बनाएको बताए ।

चार घण्टा चल्ने कार्यक्रममा बीसजना चर्चित कलाकारको नृत्य, बेलीड्रान्स  , प्रहसन लगायतका प्रस्तुती समेटिएको आयोजकले जानकारी गराए ।समारोहमा महानायकको उपाधी पाएका राजेश हमाल, चर्चित हास्यकलाकार दिपकराज गिरी दिपाश्री निरौला, सिताराम कटटेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तती, नायक दयाहांग राई, नायिका पुजा शर्मा , लगायतका अहिलेको चर्चित सबैजसो कलाकार आउदैछन् । बिक्रम सम्बत २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका त्रिचालिस चलचित्र बीच ३१ विधामा प्रतिस्पर्धा हुँदैछ ।

प्राबिधिक संघले बिदेशमा बसीरहेका नेपालीहरुको ईच्छानुसार नेफ्टा फिल्म अवार्र्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि हामि कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनि र स्पेक्ट्रम एडभरट्राइंङ्घ एण्ड मिडिया कन्सल्टेट संगको सहकार्यमा गरिरहेको छ | नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्ना एवार्डको यस अघिका एवार्ड वितरण समारोह कतार, मलेसिया र हंककंगमा भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *