मोफसल मिडिया ग्रुपले संचारकर्मी प्रबिण किराँतीको नया भिडियो सार्वजनिक भयो

15226399_10205723045995422_1254399231_nरेक नया म्युजिक भिडियो लाई फरक पृष्ठभुमिमा प्रस्तुत गर्दै आइरहेको मोफसल मिडिया ग्रुपले भर्खरै एक नया गित लाई संग्स नेपाल युटुब च्यानल मार्फत सार्बजनिक गरेको छ ।

नेपाली गीत संगीतका पारखिहरुका लागि प्रसस्तै सम्भावना बोकेका संचारकर्मी गायक प्रबिण किराँतीको “कस्तो माया लगाए मैले…” शिर्षक को पप शैलीको गित लाई कलात्मक तरिकाले प्रवास कै समसामयिक विषयवस्तु माथी वियोगान्त कथामा बुनेर आकर्षक भिडियो मार्फत सार्बजनिक गरिएको हो |  वैदेशिक रोजगारको सिलसिलामा यता आएर स्थानीय पार्कमा अलपत्र हुन पुगेकी  नेपाली युवतीलाई एक युवकले फेला पारेपछि आश्रयको लागि सहयोग गर्ने क्रममै भावनात्मक  संवेगलाई म्युजिक भिडीयोमा समेटिएको छ | आर्कषण  जिबन्त  कथामा बगेको भिडियोले  अर्कै वियोगान्तको मोडमा पुर्याउछ उनिहरुलाइ युएईमा रहेका नेपालीहरुको बीचमा झाँगीदै गइरहेको लिभिङ टुगेदरको विषयबस्तु र यसले ल्याउन सक्ने अवयब लाई गीत मार्फत मोडल राजेश र सेलिनालाई जिबन्त अबिनय गराएका छन निर्देशक रोहित बिक्रम कार्कीले |15240114_10205723045715415_991351047_n

युएईमा अहिले सम्मको सबैभन्दा अग्लो स्थानमा छायांकन गरिएको पहिलो नेपाली म्युजिक भिडियो यहि नै रहेको मोडल राजेस बोहराले दाबी गरेका छन |  संसार कै अग्लो टावर बुर्ज खलिफा, दुबई मल, वाटर फाउण्टेन लगाएतका युएईको बिभिन्न रमणीय स्थल क्यामेरामा कैद गरेका छन रोहित बिक्रम कार्कीले |
संचारकर्मी प्रबिण किराँतीको शब्द/स्वर अनि जन्म राईको संगीत अनि ओम प्रसाईं को संम्पादन रहेको “कस्तो माया लाएँ मैले…” बोलको गीतमा मोडल राजेश बोहरा र सेलीना मगरको भरपुर अन-स्क्रीन रोमान्स देख्न सकिने छ । सस्पेन्स कथाले मागेकोले अत्तिथी बन्न पुगेका छन मोडल कुशल बुचा र राजेश कुईकेल |

Leave a Reply

Your email address will not be published. Required fields are marked *