युएईमा नेपालीको लगानीको ब्याबसाय थपिदै , नोभेम्बर २४ तारिक डीजनिओ इन्टरियल डिजाइन कम्पनि उद्घाटन हुने

मोफसल सम्बाददाता – ekनेपालीहरू रोजगारीको लागि मात्र खाडी मुलुक जान्छन् भन्ने मान्यता पछिल्लो समय गलत सावित भई रहेको छ |  यूएईमा नेपालीको संख्या विस्तारसँगै  नेपालीको लागि नै लक्षित व्यवसाय संगै अन्तरास्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्ने ग्रुप अफ कम्पनिहरु पनि संचालनमा आउँन थालेका छन | यस्तै ब्यबसायी मिलन बस्नेतको लगानी रहेको बिजेता  गु्प कम्पनी आगामी नोभेम्बर २४ तारिक देखि थप एक इन्टरियल डिजाइन कम्पनि उद्घाटन हुने भएको छ |

२००८ देखि युएईमा पेन्टिङ , डेकोरेसन , बिल्डिङ मेनटिनेस , टेक्निकल सर्बिर्स लगाएतका काम गर्ने बिजिता पेन्टिङ गु्प कम्पनीका संचालक मिलन बस्नेतले मोफसललाई जानकारी गराएका छन |

नेपाल दुताबास अबुधाबी, नेपाल बिजनेश काउन्सिल दुबाई, बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि , स्थानीय एबम नेपाली ब्यबसायी , पत्रकारको उपस्तिथीमा  अपराह्न ३  बजे शारजाहको इन्डेसीयल एरिया  १८ मलिहा रोडमा रहेको  बिजेता  पेन्टिङ गु्प कम्पनी अन्तर्गत डीजनिओ  इन्टरियल डिजाइन कम्पनि उद्घाटन हुने संचालक मिलन बस्नेतले जनाएका छन |डीजनिओ इटालीयन   डिजाइन पोडक्स  भएको संचालक बस्नेतले  बताए |

कम्पनि उद्घाटन कार्यक्रममा युएईमा क्रियासिल सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी ब्यबसायी तथा पत्रकारहरु सबैलाई उपस्तिथिको लागि निमन्त्रणा गरिसकेको संचालक बस्नेतले जनाएका छन |भबन निर्माणका सम्पूर्ण समंग्री देखि इटाली जर्मनीमा बनेका  घर सजावटका बिभिन्न समान बिक्रि वितरण हुने बिजेता  पेन्टिङ गु्प कम्पनीमा निम्न कम्पनीहरु रहेको संचालक बस्नेतले बताए |

१, Bejita Painting & Building Maintenance LLC, established in 2008 – UAE
२, Bejita International Decorative PVT LTD , established in 2011 Kathmandu, Nepal
३, Al Dar Al Kubra Building Materials Trading LLC , established in 2012 Sharjah- uae
४, Al Dar Al Kubra Paints Paints & Decor Contracting LLC , established in 2014 Sharjah- Uae
५, Jowel Arch Techinical Services LLC, established in Dubai 2015
dui

Leave a Reply

Your email address will not be published. Required fields are marked *