खादा प्रकरणमा एनआरएन युएई बोल्यो – समाचार सत्य होइन

14993306_1142375435811766_5858993723634627855_nमोफसल सम्बाददाता – गैर आवासीय नेपाली संघ युएईले लामो समय देखि बिबादित भएको खादा विषयक प्रकरण बारे न्युज २४ टेलिभिजनमा र सामाजिक संन्जालमा प्रचारीत एवं प्रेशीत समाचार सत्य नभएको  १७ नोभेम्बर, २०१६ मा एक बिज्ञप्ति प्रकासन गरेर गलत हल्लाले ध्यानआकर्षण भएको बताएको छ |

खादा प्रकरण बारे अघि नै संस्थाको ध्यानआकर्षण भएको र सो बारेमा यस अघि पनि बिज्ञप्ति मार्फत आफनो आधिकारिक धारणा सार्वजनिक गरिएको आदिवासी जनजाती महासंघ, युएई तथा विभिन्न जातिय संघसंस्थालाई बिशेष सम्बोधन गर्दै बिज्ञप्ति सार्बजनिक गरिएको छ |

अध्यक्ष सुदिप कार्कीले सार्वजनिक गरेको बिज्ञप्तिमा  एनआरएन कुनै जाति, धर्म , राजनिती,वर्णको आधारमा विभेद गरीनु हुदैन भन्ने मान्यता राख्दछ । यि मानवीय असमानतालाई पृष्ठपोषण गर्ने कार्य एनआरएनले कदापी गर्दैन र गर्नु हुदैन भन्ने मान्यतामा अडिग भएको उल्लेख गरेका छन |

“नेपालीका लागी नेपाली” भन्ने उदेश्य बोकेको संघ सदैब नेपाल र नेपालीका हितमा कृयाशील रहेको छ र रहने छ । एनआरएन नेपाल र नेपालीका सर्वोपरी हितमा सदैव सशक्त र सहयोगी बनिरहने कार्कीले बिज्ञप्तिमा उल्लेख गरेका छन |

बिज्ञप्तिमा अभियानले बिबिध धर्मालम्बि , संस्कृतिलाई सम भाबको दृष्टिकोण राख्नुका साथै सबैको धार्मिक आस्था एवं संस्कृतिमा उच्च सम्मान राख्दछ । त्यसैले न्युज २४ टेलिभिजनमा र सामाजिक संन्जालमा प्रचारीत एवं प्रेशीत समाचार सत्य नभएको जानकारी गराउँनुका साथै नेपाल र नेपालीका पक्षमा एनआरएन कृयाशील रहने अवगत गराउन चाहान्छौ भनिएको छ ।

वार्षिक भेलाको अगिल्लो दिन सार्बजनिक गरिएको बिज्ञप्तिमा एनआरएन युएईले यस अगाडी प्रकाशित खादा प्रकरणको अन्य मिडियामा आएको  समाचारको खण्डन भने गरेको छैन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *