एनआरएन युएईको बार्षिक उत्सब ५ स्टार होटल मै गर्नु पर्ने कुनै कारण छ कि

13015136_1365226323503968_5355181467094338616_nएनआरएनए युएईको बार्षिक उत्सबको खर्च धुर्मुस सुन्तली फाउन्डेसनमा पठाउदा के होला ? के बार्षिक उत्सब  ५ स्टार होटल मै गर्नु पर्ने कुनै कारण छ  कि ?  एनआरएन धनी सस्था भएको कारणले त होईन ? यदि धनी सस्था हो भने किन अधिबेशन को लागि युएई मा भएका दिराम  ६००/८००  तलब खाने नेपालीहरु काम गर्ने कम्पनिमा गएर दिराम २५  (नेपाली रु ७५० ) उठाउनु पर्ने कारण किन ?

एनआरएनए युएईको बार्षिक उत्सबमा जे होस अहिले सम्मको कुनैपनी संघसस्थाले  गर्न नसकेको काम गरेर देखाउने भयो किन भने अर्को बर्षमा फेरि मेम्बर बनाई २५  दिराम (नेपालि रु ७५० ) उठाएर दिराम ६००/८०० सय तलब खाने नेपालिहरुको कम्पनीमा गएर
तपाईहरुको हरेक समस्या  अहिले सम्म कसैले समाधान गर्न सकेन अब हामी हरेक समस्याको समाधन गर्नेछु भनी झुठो आश्वासन देखाई दिराम  २५ लिएर फम भर्न लगाई अधिबेशनको लागि सोझा साझा नेपाली बाट उठाएको पैसाले के ५ स्टार होटलमा अधिबेशन अनि बार्षिक उत्सब मनाउनको लागि पैसा उठाएको त होईन ?

५ स्टार होटलमा अधिबेशन अनि बार्षिक उत्सब जस्ता कार्यक्रम राखियो भने दिराम ६००/८००  तलब खाने नेपाली के यो प्रोग्राम मा जान सक्छ ? कि ताईसुत लगाउने मात्र प्रबेस पाउने त होईन ? म आफै गएर नेपाली दूतावास मा गएर निबेदन दिएको आज ३/४  महिना भैसक्यो मैले एनआरएनए अध्यक्ष  सुदिपयज्ञ बहादुर कार्की र  उपाध्यक्ष रमेश श्रेष्ठलाई भेटेर  मेरो समस्या बताई सहयोग गरिदिनु पर्यो भन्दा अध्यक्ष सुदिप यज्ञ बहादुर कार्कीले  हामिले भनेको कुरा नेपाली दूतावास युएईले सुन्दै सुन्दैन भनी मलाई जवाफ दिनु भयो अब तपाईं युएई मा बस्नु भएका नेपाली दाजुभाई दिदी बहिनिहरुले कस्तो सहयोग पाउलान भन्ने आश गर्ने ?

प्रबिण काजि श्रेष्ठको सामाजिक संझाल फेसबुकबाट साभारः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *