सरकार तिमि त कालो कपडामा हिंडेको बटुवा देखी पो तर्सेछौ ?

14316715_10154520665542258_1148208420432168137_nदामोदर दहाल – सरकार तिमी कती लाचार भएछौ, बाटोमा हिंडेको बटुवाको कालो कपडाले तर्सियछौ, तिम्रो मन भित्रको कालो भन्दा पनि बटुवाको कपडाले पो डरायछौ।
म त सोच्थे तिमी निडर छौ, डराउदैनौ किन की तिमी त बहुदल र गणतन्त्रको नाममा बिद्रोह गरेका थियौ, कयौको घरबास उठाएका थियौ त कयौलाई बनिवास लगाएका थियौ।
तिमी त कातर प्रधानमन्त्री पो भएछौ, कहिले कटुवाल देखी तर्सन्छौ त कहिले लोकामान देखी हच्किन्छौ, अहिले त खै किन हो कालो कपडामा हिंडेको बटुवा देखी पो तर्सेछौ।
तिमीले रचेको बहुदलको क्रान्तिमा हजारौंले आफन्त गुमाएर तिमीलाई अपनाएका थिए, सिङापुर पो बनाउछौ कि राष्ट्रलाई भनेर गणतन्त्रको प्रधानमन्त्री बनाएका थिए, खै तिमी त लाखौंको आँखामा पट्टी बाधेर बिस्तार वादको कठपुतली भएछौ, ति हजारौको रगतमा होली खेल्दै गणतन्त्रको पालुवा निमोठ्न बिदेशीसँग भोजमा रमेछौ।
लाग्थ्यो तिमी त देशको प्रधानमन्त्री बन्दै छौ, हजारौ द्वन्दकालमा बिदेशियका युवालाई स्वोदेशमा रोजगारको योजना बनाउदै छौ, देशमा बिकासको बिरुवा रोप्ने छौ, सिङापुरको सपना पुरा गर्ने छौ, खै तिमी त आफु अलिशान बङलामा पो रमाएछौ, ति निर्दोश बटुवालाई कर्फु पो लगाएछौ, बिस्तारवादको कठपुतली पो भएछौ, राष्ट्रबादको कुरा गर्नेलाई जेल पो हालेछौ।
गणतन्त्र र स्वतन्त्रताको त कुरा गर्न पाईदैन रे चोकमा आजभोली, भारतीय दक्षिणपन्तीको गुणगान मात्रै गर्छौ रे वरीपरी, तिमी त नेपालको प्रधानमन्त्री भन्दा पनि दक्षिणपन्तीको लेन्डुपे पो भयौ रे, देशलाई माया गर्ने लाई समातेर जेल पो हाल्छौ रे।
खै तिमी कस्तो कम्न्युस्ट भएछौ, आफ्नो कला सस्क्रितीलाई माक्सको नाममा ताला लगाउछौ रे, देशमा झिलिमिली हुँदा तिमी एकान्तमा हराउछौ रे, बन्द हड्ताल हुँदा तिमी रमाउछौ रे, भस्टाचार र बिदेशीलाई मौलाउछौ रे। खै तिमी कस्तो प्रधानमन्त्री भएछौ, भारतीय बिस्तारबाद र लेन्डुपको नाम कमाएछौ, तिमी कस्को प्रधानमन्त्री पो भएछौ, नेपालीको स्वाभिमान नै गिराएछौ, तिमीले लेन्डुप र बिस्तारबादको नाम पो कमाएछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *