राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार दिउँसो भेटवार्ता भएको छ ।

त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो ।

indian-president-at-nepal-president-house-5राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । उनले भने, “भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभयो ।”

भेटवार्तामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित थिए ।

त्यसैगरी भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा आजै काठमाडौँ आएका हुन् ।

indian-president-at-nepal-president-house-2

त्यसअघि राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षीलाई आफ्नो कार्यालयमा स्वागत गरेकी थिइन् ।
त्यसअघि नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो ।

अठार वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो । यसअघि राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।

साभारः रातोपाटि अनलाईन

indian-president-at-nepal-president-house-9

/fi6«klt ljBfb]jL e08f/L;+u g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{ /fi6«klt sfo{no l;tn lgjf;jf6 l;:6frf/ e]6 kl5 aflx/ lg:sg' x'b} . tl:a/ M k|bLk/fh jGt,/f;;

/fi6«klt ljBfb]jL e08f/L / g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{ ljr /fi6«klt sfof{no l;tn lgjf;df l;:6frf/ e]6 ug'{ x'b} . tl:a/ M k|bLk/fh jGt,/f;;

/fi6«klt ljBfb]jL e08f/L / g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{ ljr /fi6«klt sfof{no l;tn lgjf;df l;:6frf/ e]6 ug'{ x'b} . tl:a/ M k|bLk/fh jGt,/f;;

indian-president-at-nepal-president-house-5

indian-president-at-nepal-president-house-8

Leave a Reply

Your email address will not be published. Required fields are marked *