देउडा गीत

१. चारै तिर हर्ष उल्लास दशैँ तिहार आयो
घर सम्झि प्रदेशीको कुटुक्क मन खायो%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%95%e0%a5%87-%e0%a4%b8%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%a8-%e0%a4%a6

२. दशैँ मान्न घर पुग्या छुट्टी पाउन्या साथी
छुट्टी नपाई खाडी देश जल्यो मेरो छाती

३. खापुस खाँदै प्रबाशमा आँखा भरी आसुँ
गाउ सम्झ्या हृदय जल्छ मु कसरी हाँसु

४. बाटो हेरी बस्या हुन्ना मेरा आमा बुवा
सम्झेर भावुक होली कठै मनकि सुवा

५. धान पाकी पहेला भईग्या अशौजका मैना
दाई घर आयान भनि रोली कान्छी बैना

६. छोरा भन्छन् पप्पा हजुर घरमा आईजाव
भाई भन्दा छुट्टी मिलाई तिहार खाईजाव

७. भाबिनीले दुस्ख दियो मुईकि छानी छानी
यो मन गाउघरै डुल्लो सम्झि रन्या बानी

८. यसपाली रहने भईग्यो मेरो निधार खाली
सबैको हाँशीखुशी रहोस् दशैँ र दिवाली

मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *