लागुऔषध सहित युवा पक्राउ

श्रीकृष्ण सिग्देल
वालिङ,
स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङले लागुऔषध सहित एकजना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुटवलबाट पोखरा लैजादै गरेको अवस्थामा प्रहरीले भिरकोट नगरपालिका स्थित सिद्धार्थ राजमार्गबाट बाट पक्राउ गरेको हो । कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्दिप केसीलाई लागु औषध सहित पक्राउ गरेको थियो । img_2997
पक्राउ परेका केसीको साथबाट डाइजेपाम १७, फेनारगन १६ र नोफिन १७ गरी ५० थान लागुऔषध फेला परेको थियो । सिधै भारत सगँ जोडिएको सिद्धार्थ राजमार्गको बाटो हुदै पोखरा सम्म लागुऔषध ओसारपसार भइरहेको प्रहरीले जनाएको छ । यस्ताखालका लागुऔषध भारतबाट ल्याइन्छ प्रहरी निरिक्षक उत्तमप्रकाश वरालले भने,“भारतबाट ल्याउने लागुऔषध बुटवल पाल्पा हुदै स्याङजाको बाटो भएर पोखरा सम्म पु¥याउने गरेका छन् ।” केही लागुऔषध स्याङ्जामा पनि छाड्ने र अधिकांश पोखरा लैजाने गरेको प्रहरीको अनुमान छ बरालले थपे । लागुऔषधमा अधिकांश बाहिरी जिल्लाका युवाहरु पक्राउ पर्ने गरिरहेका छन् । लागुऔषधमा १५ बर्ष देखि ३० बर्ष सम्मका युवाहरु संलग्न हुने गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश बरालले जानकारी दिए । चाडवाडका बेला प्रहरीले हुन सक्ने घट्नाहरुलाई मध्यनजर गर्दै सुरक्षा गस्ती बढाइरहेका बेला प्रहरीले लागुऔषध सहित युवालाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
असोज २९ गते पक्राउ परेका केसीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । लागुऔषध ओसारपसारमा ठुलो गिरोह हुन सक्ने अनुमान रहेको प्रहरी निरिक्षक बरालको भनाई छ । गाँजा खान प्रयोग गर्ने दुईओटा बोत्तल समेत प्रहरीले बरामद गरेको छ । यसै विच वडाप्रहरी कार्यालय अन्तरर्गत पर्ने स्थानमा दशैं अवधीभर ८ ओटा सवारी दुर्घट्ना भएको जनाएको छ । दुर्घट्नामा यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सो अवधीमा सवारी चेकजाचका क्रममा विभिन्न प्रकारका ५५ सवारी साधन कारवाहिमा परेको र ३१ हजार ५ सय राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *