नेपालि चलचित्र अन्तर्राष्ट्रिय बजारमा बैधानिक रुपमा प्रवेश गरेको छ – राजकुमार राई

त्रिलोचन कोइराला युएई – नेपाली चलचित्र कसरी राम्रो बनाउन सकिन्छ ,चलचित्रमा पेशा बनाएका व्यक्तिलाई लागनी तथा रोजगारीको कसरि व्यवस्थितरुपमा अगाडी बढाउँन सकिन्छ भन्ने कुरालाई नै नेपाल चलचित्र विकास बोडले बिशेष जिम्मेवारी लिने चलचित्र बिकास बोडका अध्यक्ष राजकुमार राईले बताएका छन ।
अक्टोबर १४ तारिक देखि खाडी देशमा नियमित नेपाली चलचित्र पर्दशनी हुन थालेको अबसरमा युएई आएका अध्यक्ष राई अक्टोबर १६ तारिक एक अन्तरसम्बाद कार्यक्रमको आयोजना गरिएको थियो । चलचित्र केवल मनोरञ्जनका लागि मात्र नभएर भाषा,साहित्य, कला सस्कृति पनि भएकाले नेपाल र नेपालीत्व जोड्न युएईमा नेपाली चलचित्रको नियमित पर्दशनीले महत्वपूर्ण योगदान गर्ने बताए ।

अन्य देशमा नीति अनुसार मापदण्ड बन्छ तर हामीमा मापदण्ड अनुसार नीति बनाउनु पर्ने भएकाले नेपाली चलचित्रको बजार बिस्तार नभएको बताउदै राईले यो चलचित्र नबुजेका ब्याक्तिलाई नीतिनिर्माण तहमा राखेकाले यसो भएको बताए । आफु बिकास बोडमा आए पछि नेपाली चलचित्रको निर्माण , वितरण , पर्दशन एबम प्रबधनमा परिवर्तन आएको बताउदै राईले नीतिनिर्माणमा बुझेको समन्धित क्षेत्रको मान्छे ल्याउनु पर्ने बताए ।img_4065
नेपाली चलचित्र अन्तर्रा्ष्ट्रिय बजारमा पुर्याउन महत्वपूर्ण काम गरेको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपाललाई धन्यवाद दिदै राईले नियमित नेपाली चलचित्रलाई वैधानिक रुपमा युएई लगाएत खाडी देशमा नियमित प्रदर्शन हुने बाताबरण मिलाएकोमा अध्यक्ष राईले चलचित्र बिकास बोडले सधै साथ सहयोग गर्ने बताए । हाम्रोले बनाएको भन्दा पनि राम्रो चलचित्र ल्याउन सुझाउदै राईले अन्तर्रा्ष्ट्रिय चलचित्रको बजारलाई चलचित्र छनोटले पनि प्रभावित पर्ने भन्दै वितरकलाई सचेत गराए ।

अक्टोबर १४ तारिक देखि युएई लगायत ओमन ,कतार , बराइन तथा थाइल्याण्डको लागि कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले स्थानीय चलचित्र वितरकसंग सहकार्य गरेर चलचित्र पर्दशनी गर्न सुरुवात गरेका छन। अक्टोबर १४ तारिक युएईका विभिन्न ९ शहरमा रहेका बिभिन्न ११ हलमा नेपाली चलचित्र बिर बिक्रम भव्यताका साथ पर्दशनी भएको थियो । कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदी , राजन अधिकारि सुबाश सिंह ठकुरी (अनिश) पहलमा खाडी राष्ट्रमा नेपाली चलचित्र चल्ने बाताबरण बनेको हो ।
अन्तरसम्बाद कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको उतर दिदै राईले बिभिन्न देशम सास्कृतिक कार्यक्रम गरेर नेपालीहरुलाई मनोरञ्जन दिई रहेको स्मरण गराउदै मनोरञ्जनको सबैभन्दा सशक्त माध्यम चलचित्र हो अब खाडी रास्ट्रमा मनोरञ्जनलिन कलाकार नै पर्खिनु बाद्यता हटेको बताए, मानिसले गास बास कपास संगै मनोरञ्जन जोडिएको बताउदै राईले शिक्षा, स्वास्थ्यका लागि जस्तै मनोरञ्जनका लागि यति खर्च गर्छु भन्ने अवस्था सिर्जना हुन थालेको छ त्यसले नेपाली चलचित्रको बिकासमा टेवा पुग्ने राईले बिस्वास ब्याक्त गरे ।

हामीमा मेहनत भन्दा बढी उपलब्धि, आज सपना देख्ने भोलि काम थालिहाल्ने, अध्ययन नगर्ने, सिनियरको कुरा र अनुभव ग्रहण नगर्ने प्रवृत्ति हावी छ। यस्तो प्रवृत्तिले चलचित्र क्षेत्रलाई अगाडी बढाउँदैन त्यसैले विकास बोडले बनाएको मापदण्डको प्रभाबले यो बर्ष स्तरीय चलचित्र बनेको राईले बताए । अन्तरसम्बाद कार्यक्रममा कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदीले नेपाली चलचित्र पर्दशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन। अक्टोबर १४ तारिक चलचित्र बिर बिक्रम हेर्न युएईका समाजसेवीहरु लाई आफैले फोन गरेर निमन्त्रणा गर्दा पनि न आएकोमा दुख ब्याक्त गर्दै आगामी दिनमा सहयोग हुने अपेक्षा गरेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *